शनिबार , फागुण १५, २०७७

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सडक अवरुद्ध

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सडक अवरुद्ध

३० माघ, किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युहुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिए।

 खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदेशको ७६१० नम्बरको टिपरले को२३प ४८१५ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिएको थियो ।  ठक्करबाट राईकी श्रीमती प्रेमकुमारी समेत गम्भीर घाइते भएकी छिन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मृतक राई राजारानी आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् भने उहाँकी श्रीमती सोही विद्यालयकी बाल शिक्षिका हुन् । मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    मृतक राईका श्रीमानश्रीमती दुवै गाउँपालिका केन्द्रको नुममा तालीममा सहभागी हुन आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते प्रेम कुमारीको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लग्ने तयारी भइरहेको  शिक्षक हित कार्कीले जानकारी दिए । अहिले स्थानीयले खाँदबारी किमाथाङ्का सडकखण्डको फ्याक्सिन्दा बेँसीमा सडक अवरुद्ध समेत पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय