आइतबार , फागुण १६, २०७७

नगर क्षेत्रभित्रका विद्यालयलाई स्ट्रेचर र औषधि वितरण

नगर क्षेत्रभित्रका विद्यालयलाई स्ट्रेचर र औषधि वितरण

३० माघ, सङ्खुवासभा । खाँदबारी नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक माध्यमिक विद्यालयलाई स्ट्रेचरका साथ आवश्यक प्राथमिक उपचारका सामग्रीसहित औषधि वितरण गरेको छ । नगरपालिका क्षेत्रभित्रका १३ वटा सामुदायिक विद्यालयलाई आवश्यक प्राथमिक उपचारका सामग्रीसहित औषधि र नगरका आठ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्ट्रेचर वितरण गरेको नगरपालिकाले जनाएको छ ।

स्ट्रेचर वितरण गर्ने विद्यालयमा आदर्श मावि पाठकगाउँ, आदर्श मावि पिप्ले, सरस्वती मावि माल्टा, विद्योदय मावि तल्लो पाङ्ठा, जालपा मावि चेवा, हिमालय मावि आङ्ला, जनता मावि चन्दनपुर, विद्यामन्दिर पाठकगाउँ रहेको नगरपालिकाका शिक्षा शाखा अधिकृत दीपकमणि घिमिरेले जानकारी दिए।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नगर क्षेत्रभित्र अहिलेसम्म सडकको सुविधा नपुगेका १३ वटा माध्यमिक विद्यालयमध्ये आठ वटा विद्यालयलाई स्ट्रेचर वितरण गरिएको खाँदबारी नगरपालिका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए । उनका अनुसार विद्यार्थीलाई विद्यालय समयमा रहँदा आकस्मिक चोटपटक लाग्दा तत्काल सवारी साधन नभएको अवस्थामा तुरुन्तै स्वास्थ्य संस्था लैजानका लागि सहज पुगोस् भन्ने उद्देश्यका साथ स्ट्रेचर वितरण गरिएको र स्वास्थ्य संस्था पुग्नुभन्दा अगाडि आफ्नै विद्यालयमा प्रारम्भिक उपचार पाओस् भन्ने उद्देश्यका साथ औषधि वितरण गरिएको उनले बताए ।

जालपा मावि चेवाका प्रधानाध्यापक श्याम अधिकारीले विद्यालयमा आकस्मिक दुर्घटना हुँदा यसले उद्धारमा सहयोग र सहज पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बलात्कारविरुद्ध आज महिला मार्च पास हुदै बलात्कारविरुद्ध आज महिला मार्च पास हुदै २ हप्ता पहिले
नियुक्ति खारेजको मागसहित सर्वोच्चमा रिट : सभामुख नियुक्ति खारेजको मागसहित सर्वोच्चमा रिट : सभामुख ३ हप्ता पहिले
श्रीलङ्कामा खोप कार्यक्रम कुनै बाधाबिना सञ्चालन गरिने : राष्ट्रपति राजापक्ष श्रीलङ्कामा खोप कार्यक्रम कुनै बाधाबिना सञ्चालन गरिने : राष्ट्रपति राजापक्ष ३ हप्ता पहिले
आरोही तेन्जिङको जीवनीमा फिल्म बनाउदै पूर्वराष्ट्रपति ओबामा आरोही तेन्जिङको जीवनीमा फिल्म बनाउदै पूर्वराष्ट्रपति ओबामा ३ हप्ता पहिले
आजदेखि इजलासमा रिट निवेदकको जवाफी बहस आजदेखि इजलासमा रिट निवेदकको जवाफी बहस २ हप्ता पहिले
बजारमा सुनको मूल्य तोलामा ८ सयले वृद्धि बजारमा सुनको मूल्य तोलामा ८ सयले वृद्धि ७ दिन पहिले
बीमा समितिले दियो जीवन बीमा कम्पनीहरुलाई पूर्वाधार क्षेत्रमा लगानी गर्न निर्देशन बीमा समितिले दियो जीवन बीमा कम्पनीहरुलाई पूर्वाधार क्षेत्रमा लगानी गर्न निर्देशन ६ दिन पहिले
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय १६ घण्टा पहिले