खाँदबारीका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप निःशुल्क
नेपालबहस संवाददाता
माघ ३०, २०७७ शुक्रबार १९:१३:३१
३० माघ, सङ्खुवासभा । जिल्ला कारागार खाँदबारीका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप निःशुल्करुपमा लगाइएको छ । खाँदबारी कारागारका १२० कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप गत शनिबार लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले जानकारी दिए । खाँदबारी कारागारमा अहिले १३२ पुरुष र नौ महिला कैदीबन्दी छन् ।
तीमध्ये १२० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । बाँकी २१ जना कैदीबन्दीले खोप लगाउन अस्वीकार गरेकाले उनीहरुलाई कोरोनाविरुद्धको खोप नलगाइएको जिल्ला कारागार खाँदबारी सङ्खुवासभाका प्रमुख विनोद अधिकारीले बताए ।
उनका अनुसार कारागारमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइएको छ । त्यस्तै मनकामना वृद्धवृद्धा आश्रमका २७ जनालाई समेत कोरानाविरुद्धको खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ । पहिलो चरणमा कोरोनाविरुद्धको खोप फ्रन्टलाइनमा काम गर्ने जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई लगाइसकिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जनाकारी दिए ।
जिल्लामा पहिलो चरणको खोप स्वास्थ्य कर्मचारी र एम्बुलेन्स चालकलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ । सङ्खुवासभामा माघ १५ गतेदेखि कोरानाविरुद्धको खोप लगाउन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए । सङ्खुवासभामा कूल २१ सय डोज खोप प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने ९०० भन्दाबढीलाई कोरोनाविरुद्धको खोप लगाइ सकिएको र अब क्रमशः सुरक्षा क्षेत्रमा काम गर्ने सुरक्षाकर्मी, सञ्चारकर्मी र सेवाग्राही र निजामती कर्मचारीलाई समेत खोप लगाउने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार