बुधबार , फागुण १९, २०७७

आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली

आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली

३० माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ ।

उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

“यस वायुको प्रभावले वर्षा हुने सम्भावना भने रहेको छैन ।” उनले भने ।  हाल देशको सुदूरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गदैँ उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु÷कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ८ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चन्द्रागिरी हिल्सको शेयरको उच्च माग, कति पुग्यो प्रतिशेयरमूल्य ? चन्द्रागिरी हिल्सको शेयरको उच्च माग, कति पुग्यो प्रतिशेयरमूल्य ? २१ घण्टा पहिले
अहिले चोचोमोचो मिलाएर कांग्रेस सरकारमा जानु हुँदैन : नेता पौडेल अहिले चोचोमोचो मिलाएर कांग्रेस सरकारमा जानु हुँदैन : नेता पौडेल १५ घण्टा पहिले
जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको अध्यक्षमा भट्ट जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको अध्यक्षमा भट्ट १९ घण्टा पहिले
प्राङ्गारिक उत्पादनको पहिचान सहित बजारीकरण अभियान प्राङ्गारिक उत्पादनको पहिचान सहित बजारीकरण अभियान २० घण्टा पहिले
सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ३ घण्टा पहिले
वसन्तपुर क्षेत्रका अनधिकृत पसलहरु हटाउन सात दिने अल्टीमेटम, नटेरे कारवाही वसन्तपुर क्षेत्रका अनधिकृत पसलहरु हटाउन सात दिने अल्टीमेटम, नटेरे कारवाही २२ घण्टा पहिले
पूर्वाञ्चल क्यान्सर अस्पताल उदघाटन गर्न ओली झापा पुगे पूर्वाञ्चल क्यान्सर अस्पताल उदघाटन गर्न ओली झापा पुगे २३ घण्टा पहिले
अबको प्रधानमन्त्री ओली नै हुने बस्नेतको जिकिर अबको प्रधानमन्त्री ओली नै हुने बस्नेतको जिकिर १५ घण्टा पहिले