बिहिबार , फागुण १३, २०७७

नेपालले भाग लिने त्रिदेशीय सिरिज स्थगित : क्यान

नेपालले भाग लिने त्रिदेशीय सिरिज स्थगित : क्यान

३० माघ, काठमाडौं । नेपालले भाग लिने भनिएको आईसीसी विश्व क्रिकेट लिग-२ अन्र्तगतको त्रिदेशिय क्रिकेट सिरिज स्थगित भएको छ । आउँदो मार्चमा नेपाल बाहेक ओमान र अमेरिका सहभागी हुने सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ ‘क्यान’ ले जनाएको छ ।

विश्व क्रिकेट नियामक संस्था आईसीसीले कोभिड–१९ को बढ्दो प्रभाव, लामो क्वारन्टिन प्रावधान र विभिन्न देशमा रहेको यात्रा प्रतिबन्धका कारण सिरिज स्थगित गरेको क्यानको भनाई छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आईसीसीले पपुवा न्युगिनी, ओमान र स्कटल्यान्डबीचको सिरिज पनि स्थगित गरेको छ । त्यस्तै, पपुवा न्युगिनी, अमेरिका र नामिबिया सहभागी हुने श्रृङ्खला पनि नहुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय