सोमबार , फागुण २४, २०७७

सरकारविरुद्ध अन्तिम धक्काका लागि तयार रहन प्रचण्ड–नेपालकाे आह्वान

सरकारविरुद्ध अन्तिम धक्काका लागि तयार रहन प्रचण्ड–नेपालकाे आह्वान

३० माघ, काठमाडौं । नेकपा ‘प्रचण्ड–नेपाल समूह’का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले तामाङ समुदायको सोनाम ल्होसार र शेर्पाहरुको ग्याल्बो ल्होसारको शुभकामना दिँदै सरकारको प्रतिगमन कदमविरुद्ध अन्तिम धक्काका लागि तयार रहन आह्वान गरेका छन् ।

शुक्रबार अध्यक्ष प्रचण्ड र नेपालले विज्ञप्तिमार्फत् दुबै जातिलाई पर्वको शुभकामना दिँदै सरकारको प्रतिगमन कदमविरुद्ध अन्तिम धक्का दिनका लागि तयार रहनुपर्ने बताएका हुन्।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अध्यक्षद्वय प्रचण्ड–नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो घटनाका रुपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएको छ। त्यसकारण हजारौं जनताको त्याग र समर्पणबाट प्राप्त अधिकार रक्षाका लागि प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध आन्दोलनमा होमिनुको कुनै विकल्प छैन ।

तसर्थ, तामाङ र शेर्पा समुदायसहित सम्पूर्ण नेपाली जनतामा यस पर्वको अवसरमा सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामनाका गर्दै प्रतिगामी कदमविरुद्ध अन्तिम धक्काका लागि तयार रहन हार्दिक आह्वान गर्दछौं।’

यसैगरी समुदायको पहिचान र अधिकारका लागि नेपाली जनताले सयौं वर्षदेखि संघर्ष गर्दै आएको पनि विज्ञप्तिमा भनिएको छ । साथै, नेपाली जनताको बलिदानपूर्ण संघर्ष र त्यागले नेपालमा धर्मनिरपेक्षता, समानुपातिकता, समावेशिता, संघीयता र गणतन्त्रात्मक व्यवस्था कायभ भएको विज्ञप्तिमा भनिएको छ ।

nekapa 2

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय