
३० माघ, काठमाडौं । नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छ । बैंकले फागुन १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले साधारण निक्षेप अर्थात बचततर्फ न्यूनतम २.२५ देखि अधिकतम ४ प्रतिशतसम्म ब्याज कायम गरेको छ । हाल बैंकले विभिन्न २५ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी मुद्दति निक्षेपतर्फ ३ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकले कर्जातर्फ होम कर्जामा न्यूनतम ९.४९ देखि १२.४९ प्रतिशत, अटो कर्जामा ९.८५ देखि १२.८५ प्रतिशत, प्रोफेसनल कर्जामा १०.१७ देखि १२.१७ प्रतिशत, एजुकेशन कर्जामा९.३५ देखि १०.८५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
प्रतिक्रिया