के यौनशिक्षा सबैको अनिवार्य आवश्यकता हो ?
नेपालबहस संवाददाता
माघ ३०, २०७७ शनिबार १:११:४५
३० माघ, काठमाडाैं । निश्चय नै नेपालीहरूमा यौनशिक्षा लिने उपयुक्त माध्यम छैन् । यौन सबैको अनिवार्य आवश्यकता हो तर यो कति आवश्यक हो भनेर हामी कहिल्यै सार्वजनिक रूपमा चर्चा गर्दैनौं ।
मानव यौनिकतासँग जैविक, भावनात्मक, शारीरिक एवं आध्यात्मिक पक्षहरू हुन्छन् । जैविक पक्ष भन्नाले प्रजनन स्वास्थ्यसँग सम्बन्धित हुन्छ । भावनात्मक वा शारीरिक भन्नाले दुई व्यक्तिबीचको सामीप्यता र उसले प्रस्तुत गर्ने भावना, माया, विश्वास र हेरचाह पर्छन् । आध्यात्मिक पक्षमा दुई व्यक्तिबीच कुनै–कुनै, कतै न कतै सम्बन्ध छ भन्ने बुझिन्छ ।
पश्चिमा देशहरू तुलनात्मक रूपमा खुला भनिए पनि यौनका विषयमा आवश्यक र प्रभावकारी रूपमा जानकारी नदिइएका कारणले सानो उमेरमै गर्भवती हुने गरेको तथ्यहरूले देखाएका छन् । यौनजन्य रोग पनि ९० को दशकयता बढेको पाइएको छ ।
यौन शिक्षाले यौनका सबै पहलहरूको बारेमा बताउँछ । यसमा यौनसँग जोडिएका भावनाहरु, जिम्मेवारीहरु, मनुष्यको शरीरको रचना, यौन क्रियाकलाप, प्रजननता, यसको लागि सही उमेर, सुरक्षित यौन, जन्म नियन्त्रण वा यौनमा संयम जस्तो विषयहरुको बारेमा विस्तारसँग बताउने गरिन्छ ।
यसरी शिक्षाको लागि स्कुलमा चल्ने सार्वजनिक स्वास्थ्य कार्यक्रम वा परिवारका अभिभावकहरूद्वारा पनि कतिपय अवस्थामा सिकाउने गरिन्छ । पहिले यस विषयमा किशोर वा किशोरीहरुलाई कुनै पनि तरिकाले जानकारी दिन सकिँदैन’थ्यो । समाजमा यी विषयहरुमा कुरा गर्नु पनि गलत मान्ने गरिन्थ्यो । सामान्य हिसाबले जति जानकारी दिने गरिन्थ्यो, त्यो पनि घरका मानिसहरूद्वारा नै दिने गरिन्थ्यो ।
यौन शिक्षामा महिला वा पुरुषहरुको यौन स्वास्थ्यका साथ गर्भावस्था वा त्यसको बचावटको बारेमा बिस्तारसँग बताउने गरिन्छ । यसबाट युवाहरूको यौन सम्बन्धसँग हुनेवाला बिरामीहरु वा संक्रमण जस्तो एचआईभी आदिप्रति जागरुक गर्ने गरिन्छ । यसकारण यौनस्वास्थ्य हरेक बच्चा वा किशोरलाई घरमा वा स्कुलमा दिनु आवश्यक हुन्छ ।
यौन स्वास्थ्यको बारेमा :
१. स्तन : स्तन महिलाहरुको छातीको हिस्सा हुने गर्छ । यसमा बोसोयुक्त मांसतन्तु हुन्छ । यसमा कैयौं तन्त्रिकाहरु वा निप्पल हुने गर्छ ।किशोरावस्था प्रवेश गरेसँगै उक्त मांशतन्तुसमेत बिस्तारै बढ्दै जान्छ । महिलाहरुको तुलनामा पुरुषहरुको छातीमा उक्त मांसतन्तु धेरै विकसित हुने गर्दैन ।
२. योनी : महिलाहरुको जननांगलाई योनी भन्ने गरिन्छ । यसको भित्री भाग योनीमुख वा गर्भाशयसँग जोडिएको हुन्छ । यही ठाउँमा सम्भोग गर्ने गरिन्छ । मासिक धर्म वा बच्चा समेत जन्मको समय यही ठाउँबाट बाहिर निस्कने गर्छन् ।
३. योनीमुख : महिलाको बाह्य यौन अंगलाई योनीमुख भन्ने गरिन्छ । यसमा क्लिटोरिसलाई समेत राख्ने गरिन्छ । यो जननांग ओठको जस्तै संवेदनशील मांसहरुबाट बनेका हुन्छन् । यसबाट बार्थोलिन ग्रन्थीहरु जोडिएको हुन्छ । यो ग्रन्थीले योनीलाई चिल्लो बनाइ राख्छ ।
४. गर्भाशय : यस स्थानलाई गर्भाशयको नामबाट पनि चिन्ने गरिन्छ । यो नासपाती वा बन्द मुठ्ठीको आकारको अंग महिलाहरुको पेटको तल्लो हिस्सामा हुने गर्छ । गर्भाशयभन्दा तल्लोभागतर्फ योनी र माथिल्लो भागतर्फ अण्डाशयदेखि गर्भाशयसम्म अण्ड लिएर जानेवाला नलीसँग जोडिएको हुन्छ । मासिक धर्मचक्रको साथसाथ हरेक महिना गर्भाशयको निर्माण पनि भइरहन्छ ।
५ . हाइमन : यो योनीको भित्रको मांशपिण्डको पातलो झिल्ली हो । यो झिल्लीले महिलाहरुको योनी मुखको मार्गलाई सुरक्षित राखिदिन्छ ।कैयौं पटक योग या यौनसम्बन्ध राख्दा यो झिल्ली टुट्न सक्छ ।
पुरुषको यौन स्वास्थ्य
१. लिंग : पुरुषको प्रजनन् अंगलाई लिंग भन्ने गरिन्छ । जुन तीन मुलायम मांसतन्तुहरु मिलेर बन्ने गर्छ । यो मुलायम मांसतन्तु उत्तेजनाको समयमा रगतले भरिएर आउँछ । यो मांसतन्तुले नै लिंगमा उत्तेजना भर्ने गर्छ । लिंगबाट मूत्र वा वीर्यसम्बन्धी तरल पदार्थ निस्कने गर्छ ।
२. लिंगको माथिल्लो भाग : यसमा पुरुषहरुको लिंगको माथिल्लो छालालाई आंशिक या पूरा रुपले हट्ने गर्छ । केही सम्प्रदायहरुमा यसलाई काटेर फाल्ने चलन पनि हुन्छ ।
३. पुरुषको जननांगमा उत्तेजना : पुरुषमा यौनक्रियाभन्दा पहिले लिंगमा जब रगतले भरिएको हून्छ भने त्यस्तो अवस्थामा उत्तेजना भरिने गर्छ । यो सामान्य स्थितिभन्दा माथि जाने गर्छ । यसलाई नै पुरुष जननांगमा हुने उत्तेजना भन्ने गरिन्छ ।
४. स्खलन : यौन क्रियाको चरम आनन्दमा पुरुषको लिंगबाट निस्कने वीर्यको प्रक्रियालाई स्खलन भनिन्छ । त्यस्तै, महिलाहरुमा चरम आनन्दको स्थितिमा यौनीबाट तरल पदार्थ स्खलित हुन्छ ।
५. वीर्य : यो पुरुष जननांगबाट निस्कने सफेद रंगको तरल पदार्थ हो । यसमा शुक्राणु वा तरल पदार्थ मिसिएको हुन्छ । जननांगमा उत्तेजनाको चरम अवस्थामा पुगेपछि यो पदार्थ बाहिर आउँछ ।
यौनसम्पर्क के हो ?
कुनै पनि महिला र पुरुषको सहमतिमा दुई व्यक्तिबीच हुने शारीरिक सम्बन्ध नै आम बोलचालको भाषामा यौनसम्पर्क कहलाउँछ ।
सुरक्षित यौनसम्पर्क के हो ?
जब तपाईं आफ्नो साथीको साथमा कण्डम या महिलाहरुको गर्भ रोक्नको लागि वा अन्य संक्रमण रोक्नको लागि अपनाउने सुरक्षाको उपाय नै सुरक्षित यौनसम्पर्क हो ।
मुखमैथुन के हो ?
मुखमैथुन भनेको मुख वा जिभ्रोको प्रयोगबाट साथीको प्रजनन् अंग वा संवेदनशील अंग र एनललाई उत्तेजित गराउने गरिन्छ भने यसलाई मुखमैथुन भनिन्छ ।
यसबाहेक यौन सम्पर्कको विविध विधि अपनाउनु, आफ्नो साथीहरुसँग अनिवार्य सहमति लिनु आदि विषयलाई पनि यसमा महत्व दिनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार