शुक्रबार , फागुण १४, २०७७

प्रदेश प्रमुख शेरचनद्वारा सोनाम ल्होछारको शुभकामना

प्रदेश प्रमुख शेरचनद्वारा सोनाम ल्होछारको शुभकामना

३० माघ, गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले विभिन्न पर्व र संस्कृतिले नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै एकता र सहमतिका लागि सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।

नेपालका आदिवासी जनजाति तामाङ समुदायका सांस्कृतिक पर्व २८५७ औँ सोनाम ल्होछार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिएको हो । शुभकामना सन्देशमा उनले यस वर्ष मुसा वर्गको बिदाइ गरी गाई वर्गको स्वागतमा सोनाम ल्होछार पर्व मनाइँदैछ । यो पर्व नेपालका तामाङ, ह्योल्मोलगायतका आदिवासी जनजाति समुदायले समेत मनाउने गरेको उल्लेख गरिएकाे छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विविधता भएको मुलुक भएको बताउँदै प्रदेश प्रमुख शेरचनले यस्ता सांस्कृतिक चाडपर्वले आम नेपालीबीचको राष्ट्रिय एकता र आपसी सद्भावलाई बलियो बनाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय