शुक्रबार , फागुण २१, २०७७

राष्ट्रिय महिला लिगमा पुलिससँग चन्द्रपुर पराजित

राष्ट्रिय महिला लिगमा पुलिससँग चन्द्रपुर पराजित

३० माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिकालाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा शुक्रबार भएको एक मात्र खेलमा पुलिसले चन्द्रपुरलाई ३-० ले पराजित गरेको हो ।

जितपछि पुलिसले लिगमा शीर्ष तीनमा पर्ने सम्भावना कायमै राखेको छ । पुलिसको जितमा सिर्जना खड्का, निर्मला विक र रेखा पौडेलले एक(एक गोल गरिन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

खेलको सातौं मिनेटमा सिर्जनाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । निर्मलाले ५४ औं र रेखाले ८५ औं मिनेटमा गोल गर्दै पुलिसलाई सहज जित दिलाए ।

जितपछि पुलिसले ९ खेलबाट वालिङ नगरपालिका समान १४ अंक जोडेको छ । तर गोलअन्तरमा वालिङ तेस्रो र पुलिस चौथो स्थानमा छ । ६ अंक रहेको चन्द्रपुर छैटौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्छ : नेता भट्टराई पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्छ : नेता भट्टराई ४ दिन पहिले
मिस इको इन्टरनेशनल २०२१ मा नेपालको प्रतिनिधित्व अनुश्माले गर्ने मिस इको इन्टरनेशनल २०२१ मा नेपालको प्रतिनिधित्व अनुश्माले गर्ने २ हप्ता पहिले
स्थगित भयाे तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता स्थगित भयाे तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता १ हप्ता पहिले
बन्द हुने स्थितिमा पुगेको विद्यालय गाउँलेले ब्युँताए बन्द हुने स्थितिमा पुगेको विद्यालय गाउँलेले ब्युँताए ४ हप्ता पहिले
नेकपाका नेता झलनाथ खनाल दिल्ली उडे नेकपाका नेता झलनाथ खनाल दिल्ली उडे ३ हप्ता पहिले
राष्ट्रिय समाचार समितिको भूमिका, दायित्व एवं औचित्य अझै बढेको छ : सञ्चारमन्त्री गुरुङ राष्ट्रिय समाचार समितिको भूमिका, दायित्व एवं औचित्य अझै बढेको छ : सञ्चारमन्त्री गुरुङ २ हप्ता पहिले
आउँदो शुक्रबारसम्म बहस सक्नु : प्रधानन्यायाधीश जबरा आउँदो शुक्रबारसम्म बहस सक्नु : प्रधानन्यायाधीश जबरा ४ हप्ता पहिले
आजबाट तातोपानी नाका पुनः सुचारु आजबाट तातोपानी नाका पुनः सुचारु ३ हप्ता पहिले