
३० माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ मा जनता समाजवादी पार्टी ‘जसपा’का स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी प्रवेश गरेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा प्रवेश गराएका हुन् ।
सोही अवसरमा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढङगले पार्टी काम गर्नका लागि शुभकामनासमेत दिएका थिए । वीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ता पनि पार्टी प्रवेशका क्रममा रहेकाे जानकारी कार्यक्रममा दिइएको छ ।
प्रतिक्रिया