बिहिबार , फागुण १३, २०७७

विकास बैंकसहित पाँच कम्पनीको हकप्रद शेयर आउँदै, कुनको कित्ता कति ?

विकास बैंकसहित पाँच कम्पनीको हकप्रद शेयर आउँदै, कुनको कित्ता कति ?

१ फागुन, काठमाडौं । विकास बैंकसहित ५ कम्पनीको हकप्रद शेयर निष्कासन हुने भएको छ । चार हाइड्रोपावर र एक विकास बैंकले हकप्रद सेयर निष्कासन गर्न लागेका छन्  । यतिबेला यी पाचँ वटै कम्पनीले शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड आवेदन दिएका छन् ।

ङादी ग्रुप पावर कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक हकप्रद निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन पेश गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले सय रुपैयाँ अंकित दरको १६ करोड ६ लाख ६६ हजार ४ सय ४० रुपैयाँ बराबरको १६ लाख ६ हजार ६ सय ६४ दशमलव ४० कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले ११ करोड कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १ः१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका  बोर्डमा निवेदन दिएको छ ।
बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको २५ लाख ५१ हजार ५ सय कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न असोज २१ गते बुधबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय