
१ फागुन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने जनाएको छ । महाशाखाले शनिबार जारी गरेको मौसमी बुलेटिन अनुसार आउँदो तीन दिनसम्म देशभरको मौसम बदली हुने अनुमान गरेको हो ।
तर पश्चिमी वायुको प्रभाव सक्रिय नरहेकाले पानी पर्ने सम्भावना भने नभएको बुलेटिनमा उल्लेख गरिएको छ । महाशाखाका अनुसार आज देशका उच्च पहाडी भूभागमा सामान्य हिमपातको सम्भावना रहेको छ । यो वर्षको जाडो सकिँनै लाग्दा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन ।
आज देशको सुदुरपश्चिम प्रदेश,कर्णालि प्रदेश र लुंम्बिनि प्रदेशका केहि भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी भु-भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ
माघ महिनाको मध्यतिर देशका केही ठाउँमा हल्का पानी परे पनि पर्याप्त पानी पर्न नसकेको हो । महाशाखाको जारी बुलेटिनमा तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको र परिहाले पनि फाट्टफुट्ट मात्रै पर्ने उल्लेख गरिएको छ । हिउँदको समयमा पर्याप्त पानी नपर्दा किसानले लगाएको हिउँदे बाली उत्पादनमा गिरावट आउने कृषिविज्ञहरुले जनाएका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फाल्गुन ०१ गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ का पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ।
फाल्गुन ०२ गते (आईतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ।
फाल्गुन ०३ गते (सोमबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने संभाबना छ।
राती: प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागका धरैजसो स्थानमा आंशिक बदलीको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ।
प्रतिक्रिया