सोमबार , फागुण २४, २०७७

उखु लोड गरिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एककाे मृत्यु

उखु लोड गरिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एककाे मृत्यु

१ फागुन, महोत्तरी । पूर्व–पश्चिम् राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासमा मोटरसाइकल उखु लोड गरिएको ट्याक्टरमा ठोक्किदा एक जना मृत्यु भएको छ ।

जिल्लाको नगरपालिका–५ मा गएराति भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् । ज १२ प १६४९ नम्बरको मोटरसाइकल उखु लोड गरिएको ज १ त ४७३३ नम्बरको ट्याक्टरमा ठोक्किएर भएको दुर्घटनामा मिथिला नगरपालिका–१०, धनुषाका मोटरसाइकल चालक २६ वर्षीय मनोज भट्टराईको ज्यान गएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मृतक भट्टराई सर्लाहीको लालबन्दीका मोबाइल पसल सञ्चालक रहेको प्रहरीले जनाएको छ । लालबन्दी नगरपालिका–९ का सञ्जय खतिवडा गम्भीर घाइते भएका छन् ।

उनलाई थप उपचारका लागि गएराति नै काठमाडौं पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बर्दिवासका प्रहरी निरीक्षक प्रकाश सिहले जानकारी दिए । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय