
तिमीलाई यो दिलमा सजाउन मन छ
जीवनभरी आफ्नो बनाउन मन छ
फकाई फुलाई गरेर मायाका बातहरु
आफ्नै प्रेमजालमा फसाउन मन छ
एकान्तमा तिमीसँग मीठो बोलीले
मनभरिका सबै कुरा बताउन मन छ
टासिएर दिलमा धडकनको आवाजले
हो, साँच्चै प्रेमगीतमा नचाउन मन छ
बिहानीको किरणसँग तिम्रो मुहार हेरेर
सारा जिन्दगी तिमीसँग कटाउन मन छ ।
प्रतिक्रिया