शुक्रबार , फागुण १४, २०७७

साताको शेयरबजारः ४५ अर्बभन्दा बढीको कारोबार

साताको शेयरबजारः ४५ अर्बभन्दा बढीको कारोबार

१ फागुन, काठमाडौं। यो साता शेयर बजार ५१ दशमलव ६६ अंक बढेको छ । यो साता नेप्से परिसूचक २ हजार ४७५ दशमलव २६ विन्दुदेखि बढेर २ हजार ५२६ दशमलव ९२ विन्दुमा पुगेको हो ।

पाँच दिन कारोबार भएको बजार तीन दिन बढेको थियो भने दुई दिन घटेको हो । यो साता पहिलो कारोबार दिन ४८ दशमलव ७४ अंक, दोस्रो दिन ३७ दशमलव ४८ अंक र चौंथो दिन ८ दशमलव ६६ अंकले बजार बढेको छ । कारोबारको तेस्रो दिन २७ दशमलव ११ अंक र पाँचौ दिन १६ दशमलव ११ अंकले बजार घटेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यो साताको नेप्से परिसूचकमा भएको घटबढलाई बजार परिपक्क भएको टिप्पणी जानकारहरुले गरेका छन् । बजार करेक्सन हुँदै अघि बढेमा मात्र सहित गति लिन सक्ने टिप्पणी गर्दै बजार सम्बद्ध जानकार व्यक्तिहरुले अहिलेको बजार सहि गतिमा अघि बढेको बताउँछन् ।

बजारको आकार बढेसँगै यसको दिगोपनको आशा पनि लगानीकर्तामा देखिएकाले अब बजारले गति लिनेमा उनिहरु विश्वस्त रहेका छन् । सूचीकृत कम्पनीहरुको सन्तोषजनक वित्तीय विवरण, बजारमा स्टक डिलर कम्पनी प्रवेशको तयारी लगायतले पनि बजार सकारात्मक गतिमा अघि बढेको विश्लेषण विश्लेषकहरुको छ ।

यो साता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ४५ अंकले बढेको छ । लामो समयदेखि बढ्न नसकेको बैंकिङ समूह यो साता भने केहि अंक बढेको छ । यो साता कारोबारको दोस्रो दिन ३ दशमलव ६५ प्रतिशत, चौंथो दिन १ दशमलव ५ प्रतिशत र पाँचौ दिन शून्य दशमलव ६ प्रतिशत बैंकिङ समूहको परिसूचक बढेको हो ।

बजारका महत्वपूर्ण सूचकहरुमध्ये कारोबार कित्ता गत साताभन्दा यो साता कम भएको छ भने बाँकी सकारात्मक रहेका छन् । पाँच कारोबार दिनमा ४५ अर्ब २६ करोड ८५ लाख २७ हजार बराबरको शेयर कारोबार भएको छ । गत साता  ४१ अर्ब ६८ करोड ६४ लाख ३ हजार बराबरको शेयर कारोबार भएको थियो । गत साताभन्दा यो साता कारोबार रकम  ३ अर्ब ५८ करोड २१ लाख २४ हजार बढी भएको हो ।

गत साता ८ करोड ५६ लाख ७४ हजार ७१३ कित्ता शेयर खरीदविक्री भएकोमा यो साता ८ करोड ४६ लाख ९८ हजार २२ कित्ता शेयर खरीदविक्री भएको छ । गत साताभन्दा यो साता ९ लाख ७६ हजार ६९१ कित्ता शेयर कम कारोबार भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय