आइतबार , फागुण २३, २०७७

ब्रान्डेड बलात्कार !!

ब्रान्डेड बलात्कार !!

कविता

अकारण
जवान छात्राको
पीठ थपथप्याई रहेका
ज्ञानी हातहरुले
गरिरहेका हुन्छन बलात्कार !!

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सकारण
बजारबाट फर्किंदा
घर नपुगी छिमेकमा पस्ने
चम्किला चकलेटहरुले
गरिरहेका हुन्छन बलात्कार  !!

महानतम आदर्श
सुन्तुलित सिद्धान्त

अग्ला चिप्ला उद्घोषहरुको
विकारमा चिप्लिएर
‘जूनियर स्टाफ’ का
वक्ष-नहरमा गोता लगाइरहने
विद्वान आँखाहरुले
गरिरहेका हुन्छन बलात्कार !!

केशलाई बादल-ओंठलाई बदाम,
आँखालाई मृगनयन-बानीलाई गंगा,
अनेकन शकुनी-शब्द, विम्ब र प्रतीकहरु !
शरीरका विज्ञापन लेख्ने
‘कर्पोरेट’ कलमहरुले
गरिरहेका हुन्छन बलात्कार !!

आवरणमा मखमलको वस्त्र ओढाएर
पृष्ठहरुमा नङग्याउने
‘ब्रान्डेड’ पुस्तकहरुले
गरिरहेका हुन्छन बलात्कार !
हवसले क्यानभास रङग्याउने
दोअर्थी ‘स्केच’हरुले
गरिरहेका हुन्छन बलात्कार !

आड देखाए जस्तो गरी
आख्यानहरुले गरिरहेका हुन्छन बलात्कार !
कष्ट लेखिदिए जस्तो गरी
कथाहरुले गरिरहेका हुन्छन बलात्कार !
आवाज उठाइदिए जस्तो गरी
कविताहरुले गरिरहेका हुन्छन बलात्कार !

केही कप कफीका प्रस्तावहरुले
गरिरहेका हुन्छन बलात्कार !
केही आकर्षक प्रोजेक्टका प्रलोभनहरुले
गरिरहेका हुन्छन बलात्कार !
‘मेसेज’का दुईथरी अर्थले
गरिरहेका हुन्छन बलात्कार !

प्रशंसाका चार थान शब्दले
गरिरहेका हुन्छन बलात्कार !
हामी ठान्छौं,
बलियो शरीरले
कमजोर वदनलाई गर्छ बलात्कार !
बलिया हातहरुले
कमजोर कम्मरहरुलाई गर्छन बलात्कार !

बलिया अंगहरुले
कमजोर आत्माहरुलाई गर्छन बलात्कार !
छाडा र अनियन्त्रित लिङगले
बिचरा र बेसहारा योनीलाई गर्छ बलात्कार !!

होइन !
चिल्लो गत्तामा लपेटिएको
सभ्य र आधुनिक भनाउँदो
समाज नामको किताब भित्र
दिनहूँ गरिरहन्छन बलात्कार
देब्रे पानाका अक्षरहरुले
दाहिने पानाका चित्रहरुलाई !
न यो किताबलाई
पूरै पढ्ने हिम्मत गर्यो कसैले !

न यो किताबका
पाना च्यात्ने साहस जुटायो कसैले आजसम्म !
घरका ऐना लुकाई
बजारमा ऐन मागिरहेछौं हामी !
युगौंदेखि ‘ब्रान्डेड बलात्कार’लाई
यसैगरी ‘सर्टिफाई’ गरिरहेछौं हामी !
♦जापान

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय