
१ फागुन, बुटवल । नेकपा ओली समुहले शनिबार बुटवलमा आयोजित जनसभामा प्रधानमन्त्री केपी ओलीले प्रचण्ड दाहाल समुहलाई जनसमर्थन कस्तो हुन्छ, हेर्न बुटवलमा आउन आग्रह गरेका छन् ।
२८ माघमा काठमाडौंमा भएको जनसभामा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई बिराेधसभा कस्तो हुन्छ देख्नुभयो भनेर प्रश्न गरेका थिए । यसले के संकेत गर्छ गर्छ नेकपाको प्रचण्ड-माधव र ओली समूहबीच कसको सभा ठूलो भन्ने जुहारी कायमै राखेका छ ।
उसो त कसको ठूलो आमसभा भन्ने जुहारी प्रधानमन्त्री ओलीले सुरु गरेका थिए । संसद विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-माधव समूहले ९ माघमा आमसभा गरेकै दिन ओलीले आमसभा कस्तो हुन्छ २३ गते देखाउने बताएका थिए । त्यही घोषणा अनुसार ओली समूहले २३ माघमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।
उनले स्थिरताको पक्षमा जनलहर देखिएको भन्दै आफूले सबैलाई सलाम भन्न चाहेको पनि बताए । आउँदो चुनावको स्वागतका लागि व्यक्त गरेको अभिमतलाई पनि सलाम भन्न चाहेको उनले बताए ।
प्रतिक्रिया