शनिबार , फागुण १५, २०७७

ह्याप्पी भ्यालेन्टाइन डे ! डियर जिन्दगी !!

ह्याप्पी भ्यालेन्टाइन डे ! डियर जिन्दगी !!

प्रेम कुनै धर्म, जातजाति र भुगोलसँग जोडिनु हुँदैन र जोडिदैन पनि । त्यसैले होला, मैले तिमीलाई माया गरिरहेकी छु । तिमीलाई त थाहा छैन होला, तिम्रो सम्झनाको बाछिट्टाले मेरो हृदय भिजिरहेको हुन्छ आजभोलि । म भौगोलिक रुपमा टाढा भएपनि तिम्रो समिपमै छु झैं लागिरहन्छ ।म जहाँ गएपनि मेरो यात्राको सहारा र सहयात्री तिम्रो याद नै बनिरहेको हुन्छ आजभोलि । मानसपटलमा आइरहने धेरै कुराहरु मध्ये तिम्रो याद भने निकै प्रष्ट भएर आइरहेको हुन्छ, बुझेउ ।

तिमीलाई माया गर्छु भन्छु भनेर तिम्रो नजिक जान पनि सक्दिन म, किन कि तिमी मबाट धेरै टाढा छौं । कहिले त लाग्छ, मैले तिमीलाई माया गर्ने पुर्वाधारहरु पूरा नभएर पनि भन्ने हिम्मत् नआएको पो हो कि ?

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रिय ! कोही कसैलाई आफ्नाले सम्झनु त हर कसैको नैसर्गिक अधिकार हो । त्यसैले पनि मैले तिमीलाई सम्झिरहनुमा प्रष्ट कारण छ – म तिमीलाई माया गर्छु । हरेक साँझ पर क्षितिजमा सुन्तला रंङको अबशेष छोडेर घाम अस्ताउँछ तर मेरो मन भने झन् गुलाबी भएर तिमीलाई सम्झिरहन्छ । थाह छ तिमीलाई किनकि तिमी मेरो डियर जिन्दगी हौँ ! बुझेउ …………..।

दिनलाई त रातको छाँयाले अँध्यारो हुन्छ तर तिमीलाई माया गर्ने मेरो मन कहिल्यै अँध्यारो भएन तर पनि मैले तिमीलाई माया गर्छु भनेर भन्नै सक्दिन । के गर्ने हेर यो दुरी अनि अहिलेको कोरोना कहर ! हेलो..हाई..त्यही एउटा सामाजिक सञ्जाल फेसबुक मात्र छ माध्यम……….।

अ…सुनन् ! बिभिन्न परिस्थितिहरुको दोभानमा धेरैपटक बगिरहें तर तिमीलाई माया गर्छु भन्नै सकिरहेको थिइन तर आज भ्यालेन्टाइन डे (प्रणयदिवस) र सम्झें फलामलाई आकार दिने हो भने तातैमा पिट्नुपर्छ अनि मात्र सही आकार दिन सकिन्छ । त्यसैले भ्यालेन्टाइन डेको अवसर पारेर तिमीलाई सुटुक्क प्रेम प्रस्ताव राख्दैछु । धेरैले आजको दिन प्रेम प्रस्ताव राख्दा अस्वीकार हुँदैन भन्ने बिश्वास बोकेका हुन्छन् र मलाई पनि त्यस्तै बिश्वास छ ।

भ्यालेन्टाइन डे किन मनाइन्छ थाहा छ तिमीलाई ? आजकै दिन प्रेम प्रस्ताव राख्नुको कारण र महत्व थाहा छ तिमीलाई ? यदि थाहा छैन भने, सुन रोममा क्लाउडियस द्धीतिय नाम गरेका सम्राटले शासन चलाउँथे । उनको सोचाईमा सैनिकहरुले प्रेम र विवाह गर्दा गोप्य सुचनाहरु बाहिरिन सक्ने हुनाले, सैनिकहरुलाई प्रेम र विवाह गर्नबाट प्रतिबन्ध लगाएका थिए, बर्जित गरेका थिए ।

तर पादरी सन्त भ्यालेन्टाइनलाई भने सैनिकहरुलाई शारीरिक संवेगबिहिन बनाएर राख्ने कुरा पटक्कै चित्त बुझेन र उनले धेरैलाई प्रेम गर्न र विवाह गर्न उत्प्रेरित गरिरहे भने कति त सामुहिक विवाह समेत गराईदिएका थिए । यहि निषेधाज्ञा तोडेका कारण त्यहाँका शासक क्लाउडियसले भ्यालेन्टाइनलाई जेलमा हाले र पछि मृत्युदण्ड दिएका थिए । उसैको सम्झनाना भ्यालेन्टाइन डे मनाईएको हो ।

हुन त भ्यालेन्टाइन डे कुनै धर्मग्रन्थमा उल्लेख छैन । यो त मानिसको प्रेम गर्ने नैसर्गिक अधिकारको पर्व हो । त्यसैले त यसको फैलावट विश्वब्यापी हुन सजिलो भएको छ । अर्को कुरा पश्चिमी संस्कृति हो भन्दाभन्दै पनि भ्यालेन्टाइन डेले युवाहरु माझ मान्यता पाएकै छ । यसको जतिसुकै बिरोध गरिएता पनि यसको लोकप्रियता झन्झन् बढिरहेको छ । त्यसैले त आज तिमीलाई थाहा छ, नेपालको काठमाडौं उपत्यकाका प्रसिद्ध ठाउँहरुमा ती जोडीहरुको बेत्तहर माहोलको जमघट छ । तर तिमी यहाँ छैनौँ..अनि मैले तिमीलाई मिस गर्नु बाहेक अरु केही छैन् ।

प्रेमदिवस किन मनाउने र मनाइन्छ भनेर सोधौँला । त्यो पनि सुन । प्रेमको दियो निभ्न नदिने महान सहिदको सम्झनामा र आफ्नो प्रेमको दियो बालिरहन र प्रेमलाई अझ प्रगाढ बनाउन भ्यालेन्टाइन डे मनाइन्छ । मनसँग मनको रंङ मिलेपछि नै माया बस्ने हो । धेरै पहिलादेखिनै रङहरु मिलेका मनहरु आधिकारिक रुपमा बाहिर एक–आपसमा प्रकट गर्ने दिनको रुपमा यो भ्यालेन्टाइन डे लाई लिईन्छ ।

हुन त हरेक कुराहरुको सकारात्मक र नकारात्मक पाटाहरु हुन्छन् । कसैकसैले भ्यालेन्टाइन डे को नाममा खर्च धेरै गर्ने गरेका पनि छन् । तर हामीले बुझ्नु जरुरी छ , महँगो उपहार र प्रेम दर्शाउने बिदेशी कार्डहरुले मात्र सच्चा माया बस्ने हो र ? माया त उपहार भन्दा पनि दुई मन मिलेर बस्ने कुरा न हो । मन र मनको रंङ मिलेर बन्ने कुरा न हो । त्यसैले पनि हामीले बुझ्नुपर्छ, प्रेमदिवस मनाउँदै गर्दा हामीेले हाम्रो संस्कृति र परम्पराको ख्याल गर्नै पर्छ । हाम्रो परम्परा र संस्कृतिको सीमा नाघ्नु हुँदैन । मलाई लाग्छ, तिमी पनि यो मामलामा निकै सजक छौँँ होइन त । किनकी तिमी महान् छौँ मेरा लागी ।

त्यसो त भ्यालेन्टाइनको प्रेमप्रतिको कदर गर्दै विश्वप्रसिद्ध साहित्यकारहरु सेक्सपियर , सिग्मण्ड फ्राइड लगायत धेरैले आफ्नो प्रसिद्ध कृतिहरुमा भ्यालेन्टाइनको नाम उल्लेख गरेर उनीप्रतिको सम्मान गरेको पाइन्छ । हुन त भ्यालेन्टाइनलाई जेलमा राखेको बेलामा जेलरकी छोरीलाई खुब प्रेम गरेको कुरा पनि उल्लेख छ ।

भ्या्ले्न्टाइनलाई मृत्युदण्ड दिनु अघि उनले ती युवतीलाई प्रेमपत्र लेखेका थिए । पत्रमा के लेखेका थिए भन्ने उल्लेख नगरे पनि बाहिर खाममा भने उही तिम्रो भ्यालेन्टाइन लेखेका थिए र त्यस लगत्तै उसलाई मृत्युदण्ड दिएको उल्लेख छ । यही कारणले पनि आजको दिन धेरैले प्रेमपत्र लेखेर दिने गरेका छन् । ठिक यसै दिन मैले पनि प्रेमपत्र लेखेर तिमीलाई प्रेम प्रस्ताव राख्दैछु । मलाई बिश्वास छ, तिमीले सकारात्मक प्रतिक्रिया दिनेछाैं ।

जसरी शरीरलाई भोजनको आवश्यकता हुन्छ नि, त्यसरी नै हृदयलाई प्रेमको प्यास हुन्छ र मेरो मार्गदर्शक, मेरो शिक्षाको प्रेरणा, जीवनलाई सार्थक बनाउन हर सहयोग गर्ने मेरो गुरु प्रकाश सरले भन्नु भएको । तिमीलाई थाहा पनि होला, प्रेमबिनाको जीवन कुनै न कुनै अर्थमा असन्तुलित हुन्छ । प्रेमले जीवनमा सन्तुलन, सन्तोष र तृप्ति ल्याउछ रे । त्यसैले पनि मैले तिमीलाई माया गरिरहेकी छु, हिमाली जडिबुटी जस्तै अर्गानिक माया ।

तिमीलाई एउटा कुरा भनिहाल्छु, माया त जीवनको ईन्द्रधनुष जस्तै हुनुपर्छ, जहाँ जीवनका सम्पुर्ण रंङहरु समाहित हुन सकोस्, हो मैले तिमीलाई त्यस्तै माया गरेकी छु । यस्तो लाग्दैछ आजभोलि त यो मौसम तिम्रो र मेरो लागि मात्र हो । तिमीलाई माया गरेदेखि मलाई दिन मात्र होइन रात पनि निकै सुन्दर लाग्छ । कहिले तिम्रो सपना देख्न पाइन्छ अहिले सुन्दर जून र ताराहरु फुलाइदिने आकाशको बगैँचा हेरि हेरि तिमीलाई सम्झेर बसिरहन मन लाग्छ ।

आऊ हामी माया गरौं प्रेम गरौं, बिकृतिलाई हटाएर अपार उल्लास र उत्साहका साथ भ्यालेन्टाइन डे मनाऔं र प्रेमको सम्मान गरौं । “ह्याप्पी भ्यालेन्टाइन डे ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय