बिहिबार , फागुण १३, २०७७

प्रेमदिवसमा तिमीलाई धेरै धेरै शुभकामना ल….

प्रेमदिवसमा तिमीलाई धेरै धेरै शुभकामना ल….

न्यानो माया अनि मिठो सम्झना …! डियर जिन्दगी !! जीवनमा पहिलो प्रेमपत्र तिम्रो नाममा कोर्दैछु । तिम्रो न्यानो स्नेह र साथको आशमा । सायद तिम्रो मायामा म नजानिँदै फस्दैछु र मलाई साहरा दिई बचाउने पनि मात्र तिमी छौ यो संसारमा । के मेरो समीपमा आएर तिमी मेरो मायालाई स्वीकार्छौ ?

भन्छन्, माया बस्न मात्र एकनजर नै काफी छ । तर म त्यसको प्रतिकार गर्थें, वाहियात ठान्थें । सोच्थेँ, यो त सब भन्ने कुरा न हो । अनि विश्वास गर्थेँ, यथार्थमा । अरूले गर्ने मायालु भावनाका कुरामा कहिल्यै विश्वास लाग्दैनथ्यो । तर अहिले ! म गलत भइरहेछु डियर जिन्दगी, तिम्रा ती निश्चल र निर्मल नयनका सामु म झुकेँ वा झुकाइएँ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तिम्रो एकै नजरले मैले आफूलाई गुमाए । म नचाहेरै पनि तिमी तिर तानिए । तर तिमी ! तिमी त यो मेरो प्रेमबारे नै अनभिज्ञ छौ, नादान छौं ।अचम्म लाग्छ, किन म तिमीसँग आँखा जुधाउन सक्दिनँ । मेरा आँखा अनायसै झुक्छन्, तिमी सामु हुँदा । मेरो जिउ शिथिल हुन्छ, तिम्रो समीपमा आउँदा । के तिमीलाई मेरो यो अवस्थाको आभास हुँदैन ?

म त फेरि गरिब परिवारको, तिमीले स्वीकार्यौ भने संसारको सबैभन्दा धेरै र ठुलो खुशी मिल्नेछ मलाई । तिम्रो न्यानो काखमा असीम माया पोखिदिनेछु छताछुल्ल हुने गरी, अनि हराउनेछु तिमीभित्रै । अस्वीकारै गरेपनि म दुःखी हुने छैन डियर जिन्दगी !!

डियर जिन्दगी ! तिमी निर्दोष बनिरहेकी छौं जानीजानी ? म तिम्रो निर्मल आँखाको सागरमा डुबुल्की मार्न चाहन्छु, हराउन चाहन्छु, अनि सारा कुरा भुल्न चाहन्छु । ती नीलो सागर सिगै बोक्ने तिम्रो नयन, त्यो हँसिलो र प्रज्वलित मुखमण्डल अनि मधुर मुस्कान देख्दा लाग्छ तिमी मानव नभएर साक्षात ईश्वरको प्रतिबिम्ब हौ । तिम्रो निकटता कल्पिँदा संसारका सबै सुख र खुशीहरु मेरा पाउमा झुकिरहेका छन् झैँ लाग्छ । के छ खास तिम्रो मुस्कानमा, जसले हरक्षण मलाई पागल अनि पागल बनाउँदै लगिरहेको छ ।

डियर जिन्दगी ! तिमीलाई एउटा कुरो भनौ ? मेरा आँखाहरू तिमीलाई नै खोजिरहन्छन्, हरक्षण । केवल तिमीलाई लुकेरै नियाल्न मन छ भन्छ यो मन । मैले लिने हरेक श्वासमा तिम्रो प्रेमको मीठो वासनाको अनुभव गर्छु म ।

डियर जिन्दगी,, तिमी विश्वास गर या नगर मेरो माया सागर जस्तो निर्मल र पवित्र छ, बादल जस्तो शितल छ, वसन्तको सौन्दर्य जस्तो सुन्दर छ, गोधुली साँझ जस्तो शान्त छ अनि सुधा जस्तै अमर छ । तर मेरो मायालाई स्वीकार गर्नु या नगर्नु त्यो त तिम्रो इच्छा को कुरो ? म त फेरि गरिब परिवारको, तिमीले स्वीकार्यौ भने संसारको सबैभन्दा धेरै र ठुलो खुशी मिल्नेछ मलाई । तिम्रो न्यानो काखमा असीम माया पोखिदिनेछु छताछुल्ल हुने गरी, अनि हराउनेछु तिमीभित्रै । अस्वीकारै गरेपनि म दुःखी हुने छैन डियर जिन्दगी !!

प्रेमको हर्ष विष्मादोन्मुख प्रतिच्छायाँमा लुकामारी खेलिरहेछन् । यो कम्पित मुटुलाई ठेगान लगाउन् मलाई तिम्रो मायाको न्यानो ओढार चाहिएको छ । डियर जिन्दगी ! तिमी र म मिलेर भावनाको उर्बरखेती गर्ने किसान बनौं न हुँदैन ?

मलाई थाहा छ, मैले तिमीलाई निस्वार्थ प्रेम गरेकी छु । मेरा हरेक श्वासका झोंक्का तिमीप्रति समर्पित छ । अनि अत्यन्तै प्रगाढ र गाढा । म तिमीप्रतिको प्रेमले मेरा हरेक अवयवहरुमा सीञ्चित गरेर राख्नेछु अनि जिउने प्रयास गर्नेछु, तिम्रै प्रेममा । मेरो मायामा स्वार्थ नै छैन अनि मैले तिमीलाई जबर्जस्ती पाउने चेष्टा गरेको पनि छैन ।

डियर जिन्दगी ! तिमी धेरै टाढा छौँ, थाहा छ मलाई । त्यसैले त म भन्ने गर्छु, मेरा लागि प्रेम आत्मिय बन्धन हो, जहाँ मनसँग मनको गहिराई नापिन्छ र यो अटुट रहन्छ । के तिमी मेरो यो मिठो अनुरोध स्वीकार गर्छौ ? तिम्रो मायामा रम्ने हक दिन्छौ मलाई ? म तिम्रो जवाफ पर्खिरहनेछु, कालान्तरसम्म अनि यसरी नै निस्वार्थ प्रेम गरिरहनेछु ।

तेसो त डियर जिन्दगी ! हरेक दिन आउने यो चौबीस घण्टाको समय तिमीलाई सम्झिनका लागि एकपल जस्तो मात्र लाग्छ । यी सपनाजस्ता दिन तिम्रै झझल्कोमा बित्दै बित्दै जान्छन् । मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ, म तिमीलाई त्यहाँसम्म देख्छु । तिम्रो सम्झना र मायालुपनलाई बहन गर्न नसक्दा बहन्छन् अश्रुबुँद अनि लपक्कै भिज्छ मन । जब नियाल्छु सजल मन तब तिम्रै सुकुमार मुहार मुस्कुराइरहेको हुन्छ ।

पलपलमा सपनामा हराउने म आज पनि गडयाङ गुडुङ आवाज निकाल्दा चिरिएर दुई फयाक भएर आकाशको छातीबाट भएको मुसलधारे वर्षाबाट मेरो मुटु लगलगाइरहेछन् । प्रेमको हर्ष विष्मादोन्मुख प्रतिच्छायाँमा लुकामारी खेलिरहेछन् । यो कम्पित मुटुलाई ठेगान लगाउन् मलाई तिम्रो मायाको न्यानो ओढार चाहिएको छ । डियर जिन्दगी ! तिमी र म मिलेर भावनाको उर्बरखेती गर्ने किसान बनौं न हुँदैन ?

म बिर्सिन सक्दिन हाम्रो टेलिफोनवार्ता ! भाइवर र मेसेन्जरमा घण्टौ बिताएका पलहरु । म बिर्सिन सक्दिनँ तिम्रा ती स्वर्गको आभास दिलाउने अमूल्य, अदभुत, अस्पृश्य बचनहरु । ती भव्यताले भरिपूर्ण झलकको सहारामा मैले स्वर्गको कल्पना गरे । तिम्रो तस्वीरलाई अन्तसंकरणको क्यानभासमा टाँगे । दिलको बाकसमा लुकाएँ । ए डियर जिन्दगी ! समुन्द्रको नुनिलो पानीझै हुँदोरहेछ माया । जति पियो, त्यति प्यास जाग्ने । कहिल्यै तृप्ति नहुने ।

डियर जिन्दगी ! प्रेम शाश्वत छ, महान छ र, दूरताले यसलाई अझ गाढा बनाउँछ । प्रेममा एकअर्काको अनुपस्थितिले यादलाई अझ प्रगाढ बनाउँछ र माया चरमोत्कर्षमा पुग्छ । विश्वभरिका राता गुलाफहरु जोडेर मैले तिमीलाई विराजमान गराउन सिंहासन तयार गरेकी छु । फूलको राजा गुलाफ भएझैं तिमी मेरो जिन्दगीको राजा हौं । सधैंको लागि तिम्रो सवारी होस् अनि सुस्तरी बस है, यो गुलाफमय रक्तिम सिंहासनमा ।प्रेमजस्तै कोमल र नाजुक छ यो पनि र भत्किन सक्छ, होस् गर हैं ।

डियर जिन्दगी ! तिमी प्रेमको दूत, मेरो मृगतृष्णा । मेरो तन, मन र जीवनमा तिम्रो स्पर्शको न्यानोपनको आशा जीवनपर्यन्त बाँकी रहनेछ । रुवा भन्दा पनि न्यानो, नरम र कोमल छौ तिमी मलाई । त्यो प्रेमिल सपनाका पानालाई मनको पुस्तकालयमा छिरेर अध्ययन गर्न मन छ, के तिमी अनुमति दिन्छौ ?

म बिर्सिन सक्दिन हाम्रो टेलिफोनवार्ता ! भाइवर र मेसेन्जरमा घण्टौ बिताएका पलहरु ।  म बिर्सिन सक्दिनँ तिम्रा ती स्वर्गको आभास दिलाउने अमूल्य, अदभुत, अस्पृश्य बचनहरु । ती भव्यताले भरिपूर्ण झलकको सहारामा मैले स्वर्गको कल्पना गरे । तिम्रो तस्वीरलाई अन्तसंकरणको क्यानभासमा टाँगे । दिलको बाकसमा लुकाएँ । ए डियर जिन्दगी ! समुन्द्रको नुनिलो पानीझै हुँदोरहेछ माया । जति पियो, त्यति प्यास जाग्ने । कहिल्यै तृप्ति नहुने । मायाप्रीति लगाउनका लागि एकपल जस्तो मात्र लाग्छ यो जीवन । किनकि यो असीम छ र अविराम छ ।

म रातको शून्यतामा तिम्रो पदचापको आहटले पटक पटक ब्युँझिन्छु । मलाई सुनसान ठाँउमा पनि तिम्रो आवाज सुनेजस्तो लाग्छ । त्यसैले ध्यानपूर्वक सुन्छु म मौनतालाई । बेहोशीमै तिमीलाई सम्झिएर बर्बराउँछु । वास्तविकता । किनकि प्रेमविनाको जीवन निरश र र ब्यर्थ हुन्छ । अधुरो हुन्छ । सुरविनाको सङ्गीतजस्तो । शब्दविनाको गीतजस्तो ।दृष्टिविनाको आँखाजस्तो । फूलविनाको काँडाजस्तो ।

डियर जिन्दगी ! तिमीलाई थाहा छ ? तिम्रो याद आएपछि मलाई नियास्रोले मर्माहत बनाउँछ । काम गर्दागर्दै गर्न बिर्सिन्छु, हिडदा हिडदै हिड्न बिर्सिन्छु । ए कोमल प्राणी ! मात्र तिमीलाई वारम्बार सम्झिन्छु । जहाँ जाउँ, तिमी नै तिमी, हेराईमा तिमी, खोजाईमा तिमी, यो जिन्दगीको श्रुतिमधुर गजल तिमी, हाँसो, आँसु, आश्चर्य अनि गुनासो सबैमा तिमी नै तिमी । संसारभरीकै आदरणीय, अद्धितीय र प्रिय छौं तिमी मेरो लागि, डियर जिन्दगी ।।

यो कस्तो बेहोशी ? कस्तो रोग ? यसको उपचार खोज्दैछु म । सबैतिर मायालुको रुप देख्ने दृष्टिभ्रम हो कि यथार्थ ? दोधारमा छु । मझधारमा छु । तिम्रो महिमा गाउन, तिम्रो भव्यताको तारिफ गर्न । तिमीलाई सम्बोधन गरेर बोलाउन कुनै उपमा पनि उचित छन् जस्तो लाग्दैन् । डियर जिन्दगी ! सबैभन्दा अग्रस्थानमा छौं तिमी ।

थाहा छ तिमीलाई, म रातको शून्यतामा तिम्रो पदचापको आहटले पटक पटक ब्युँझिन्छु । मलाई सुनसान ठाँउमा पनि तिम्रो आवाज सुनेजस्तो लाग्छ । त्यसैले ध्यानपूर्वक सुन्छु म मौनतालाई । बेहोशीमै तिमीलाई सम्झिएर बर्बराउँछु ।

वास्तविकता । किनकि प्रेमविनाको जीवन निरश र र ब्यर्थ हुन्छ । अधुरो हुन्छ । सुरविनाको सङ्गीतजस्तो । शब्दविनाको गीतजस्तो ।दृष्टिविनाको आँखाजस्तो । फूलविनाको काँडाजस्तो ।

डियर जिन्दगी ! तिमीलाई थाहा छ ? आज भ्यालेन्टाइन डे अर्थात् प्रेमदिवस । यो अवसरमा तिमीलाई धेरै धेरै शुभकामना ल !!!! ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

विप्लप नेता बाँस्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश विप्लप नेता बाँस्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश २ दिन पहिले
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सडक अवरुद्ध टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सडक अवरुद्ध २ हप्ता पहिले
फिलिपिन्सको पर्यटन क्षेत्रमा महामारीको व्यापक असर, ८ अर्ब डलर राजश्व गुम्यो फिलिपिन्सको पर्यटन क्षेत्रमा महामारीको व्यापक असर, ८ अर्ब डलर राजश्व गुम्यो ३ हप्ता पहिले
जापानमा संकटकाल फेरी एक महिना लम्ब्याउने तयारी जापानमा संकटकाल फेरी एक महिना लम्ब्याउने तयारी ३ हप्ता पहिले
नेपाली व्यङ्ग्य क्षेत्रका अग्रज कलाकार मुखिया र पाँडे सम्मानित नेपाली व्यङ्ग्य क्षेत्रका अग्रज कलाकार मुखिया र पाँडे सम्मानित ३ हप्ता पहिले
सङ्घ, प्रदेश र स्थानीय तह समन्वय ऐनमाथि छलफल गर्दै कर्णाली प्रदेश सङ्घ, प्रदेश र स्थानीय तह समन्वय ऐनमाथि छलफल गर्दै कर्णाली प्रदेश ४ दिन पहिले
नक्कली नागरिकता र बैकिङ ठगी प्रकरण: चोरलाई चौतारो साधुलाई शूली ? नक्कली नागरिकता र बैकिङ ठगी प्रकरण: चोरलाई चौतारो साधुलाई शूली ? ४ हप्ता पहिले
राजेशको निर्देशनमा निर्मलको अब त जुटौँ, अब त उठौँ राजेशको निर्देशनमा निर्मलको अब त जुटौँ, अब त उठौँ २ हप्ता पहिले