बुधबार , फागुण १९, २०७७

तपाईकाे साप्ताहिक राशीफल [ फागुन ०२ गते आइतबारदेखि ०८ गते शनिबारसम्म ]

तपाईकाे साप्ताहिक राशीफल [ फागुन ०२ गते आइतबारदेखि ०८ गते शनिबारसम्म ]

साप्ताहिक राशीफल  

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):-  मंगलबार साँझसम्मको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपाईदेखि टाढिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुनसक्छ, काम गर्दा सजक भएर गर्नुहोला । मायाप्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । मंगलबार साँझबाट समय उत्तम रहेकोले आफूसँग भएका स्रोत साधनहरुलाई सही रुपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । पुरानाे लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाईलेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि विषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथीभाईहरुसँगै रहेर मिठो खाना खाने तथा रमाईलाे गर्ने अवसर जुर्नेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिदैन् । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बढ्नेछ । बिद्यामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले अस्वभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मानसम्मान तथा इज्जतप्रतिष्ठा गुम्ने खतरा रहेको छ, सजक रहनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । आफन्त तथा परिवारजन तपाईदेखि टाढिन सक्छन् ।

मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :-घरपरिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धनआर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउन सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले अरुभन्दा अग्रस्थानमा तपाईको नाम आउनेछ । मायाप्रेममा सामिप्यता बढेर जाने योग रहेको छ । शुक्रबार दिउँसोबाट समय मध्यम रहेकोले गलत काम भुलेर पनि नगर्नुहोला, नराम्रो परिणाम भोग्नु पर्नेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ, सचेत रहनुहोला । घरायसी कुरामा आफन्तहरुबीच मनमुटाव सिर्जना हुनेछ भने मायाप्रेममा घटपट हुने योग रहेको छ । तरपनि लामोदुरीको विदेश यात्रा हुने तथा विदेशमाहुनेहरुले मनग्गे धनसम्पति जोड्ने ग्रहयोग रहेको छ ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- समय उत्तम रहेकोले सांगीतिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मानसम्मान तथा इज्जतप्रतिष्ठामा बृद्धि हुनेछ । नीतिनिर्माण तहमा तपाईको सहभागिताले महत्वपूर्ण भूमिका खेल्नेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेकोछ । पढाइलेखाइमा सुधार गर्दै लान सकिनेछ तथा बित्तीय क्षेत्रसँग सम्वन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । तरल पदार्थ तथा पानीसँग सम्वन्धित व्यापारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । घर परिवारबाट प्रशस्त सहयोग हुने तथा बुवाको सल्लाह मान्दै अगाडि बढ्दा मनग्ने फाइदा हुनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुदाँ मन प्रशन्न हुनेछ । भाग्यले प्रेमपात्र जुराउने ग्रहयोग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- मंगलबार साँझसम्मको समय मध्यम रहेकोले कामगर्दा ख्याल गर्नुहोला, शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवनसाथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् । भौतिक सम्पति तथा सवारीसाधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, अप्रिर्य घट्ना घट्न सक्छ । मंगलबार साँझबाट समय उत्तम रहेकोले महत्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागी अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपस्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्वन्धित व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे नाफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामोदुरीको व्यवसायिक यात्राको अधिक सम्भावना रहेको छ । सवारीसाधन तथा भौतिक सम्पति हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरी चेलीमाईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :-  न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरी मनग्गे धनआर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई साईड लगाउदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् । शुक्रबार दिउँसोबाट समय मध्यम रहेकोले बिनाकारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यवसायमा घाटा हुनेछ । सवारीसाधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घट्नाहरु घट्न सक्छ । व्यवसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य खराब हुन सक्छ ।

बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- मंगलबार साँझसम्मको समय मध्यम रहेकोले बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धि भने नगन्य जस्तै हुनेछ । मायाप्रेममा अविश्वास बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहुन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला, अनेक बाधा अड्चन आईलाग्नेछ । मंगलबार साँझबाट समय उत्तम रहेकोले सत्रु तथा प्रतिस्पर्धीहरुलाई हरेक क्षेत्रमा परास्त गर्दै भने जस्तो उपलव्धि हासिल गर्न सकिनेछ । आम्दानीका स्रोतहरु फराकिला पार्दै तत्काल नयाँ व्यवसाय थालनी गर्न सकिनेछ । पढाईलेखाईमा अरुलाई किनारा लगाउदै स्कूल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । मायाप्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपाईको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): – मंगलबार साँझसम्मको समय मध्यम रहेकोले आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छाती सम्वन्धी समस्या आउन सक्छ, ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन्, ध्यान दिनुहोला । व्यापार व्यवसायमा प्रशस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ । मंगलबार साँझबाट समय उत्तम रहेकोले पढाईलेखाईमा सुक्ष्म तरिकाले गरिएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रबाट आउने आम्दानीले आर्थिक अवस्था मजभुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एकअर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा बंश बृद्धिको गतिलो योग रहेको छ ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यवसायमा बढोत्तरीको योग रहेको छ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जाँगर चल्नेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ भने थोरै बोलेर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले आमा तथा आफ्नैबाट टाढिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने साथीभाईले नै धोका दिन सक्छन् । स्थायी सम्पतिमा विवाद आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- पुराना समस्याहरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने छोटोदुरीको व्यवसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । बिद्यार्थीहरुले आफ्ना प्रतिस्पर्धीहरुलार्ई सजिलै हराउन सक्नेछन् भने पढाईलेखाईमा भनेजस्तो नतिजा ल्याउन सकिने छ । अदालती निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । शुक्रबार दिउँसोबाट समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोशिश गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेको छ । सामाजिक मानसम्मानमा आघात पुग्ने योग रहेको छ । घरपरिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):-  समय उत्तम रहेकोले कामहरु स्वतस्फुर्त रुपमा अगाडि बढ्नेछन् । साहसिलो काम गर्ने जोशजाँगर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपाईको नाम अग्रस्थानमा आउनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होईने छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मायाप्रेमको डोरो कसिलो हुनुको साथै घरपरिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनका साथ रमाईलो गरी समय कटाउन सकिनेछ । पढाइ लेखाइमा परिणाममूखी उपलव्धि हासिल गर्न सकिनेछ भने छोटोदुरीको शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । तपाईको याे साता दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वसन्तपुर क्षेत्रका अनधिकृत पसलहरु हटाउन सात दिने अल्टीमेटम, नटेरे कारवाही वसन्तपुर क्षेत्रका अनधिकृत पसलहरु हटाउन सात दिने अल्टीमेटम, नटेरे कारवाही २२ घण्टा पहिले
जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट शुरु जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट शुरु १९ घण्टा पहिले
कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त २० घण्टा पहिले
बढी मूल्य राखेर सामान बिक्री गर्ने एक सय फर्मलाई जरिवाना बढी मूल्य राखेर सामान बिक्री गर्ने एक सय फर्मलाई जरिवाना २३ घण्टा पहिले
अहिले चोचोमोचो मिलाएर कांग्रेस सरकारमा जानु हुँदैन : नेता पौडेल अहिले चोचोमोचो मिलाएर कांग्रेस सरकारमा जानु हुँदैन : नेता पौडेल १५ घण्टा पहिले
मल्टीपर्पस फाइनान्सको हकप्रद फागुन २८ गतेदेखि लिलामी बिक्री गरिने मल्टीपर्पस फाइनान्सको हकप्रद फागुन २८ गतेदेखि लिलामी बिक्री गरिने ४ घण्टा पहिले
गुल्मीमा बेपत्ता भएको १८ दिनपछि युवतीको शव फेला गुल्मीमा बेपत्ता भएको १८ दिनपछि युवतीको शव फेला २० घण्टा पहिले
ताप्लेजुङ आगलागी विस्थापितलाई भूकम्प पीडितसरह सहयोग माग ताप्लेजुङ आगलागी विस्थापितलाई भूकम्प पीडितसरह सहयोग माग १८ घण्टा पहिले