बिहिबार , फागुण १३, २०७७

फेरि पनि ट्रम्पविरूद्ध दर्ता भएको महाअभियोग प्रस्ताव असफल

फेरि पनि ट्रम्पविरूद्ध दर्ता भएको महाअभियोग प्रस्ताव असफल

२ फागुन, एजेन्सी । अमेरिकी कांग्रेस अर्थात संसद भवन अगाडि हिंसा मच्चाएर पाँच जनाको ज्यान लिनुमा जिम्मेवार रहेको आरोप लगाउँदै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध दर्ता भएको महाअभियोग प्रस्ताव फेरि पनि असफल भएको छ ।

अमेरिकी माथिल्लो सदन अर्थात सिनेटमा शनिबार राती भएको मतदानबाट महाअभियोग प्रस्ताव पारित हुन सकेन । ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने पक्षमा ५७ भोट परेको थियो । महाअभियोग प्रस्ताव पारित गर्नका लागि ६७ मत आवश्यक हुन्छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तर १० मतले गर्दा ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पारित हुन सकेन । विपक्षमा ४३ मत परेको थियो । ट्रम्पकै रिपब्लिकन पार्टीका केही सिनेटरले समेत महाअभियोग प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

राष्ट्रपतीय चुनावमा पराजय व्यहोरेपछि ट्रम्पले संसद भवन बाहिर हिंसा मच्चाउन समर्थकलाई उक्साएका थिए । ट्रम्पले भड्काएको हिंसाविरुद्ध अमेरिकामा प्रदर्शन समेत भएको थियो । हिंसा मच्चाउने ट्रम्पको गतिविधिका कारण आक्रोशित भएका सामाजिक सञ्जाल सञ्चालकले उनका आधिकारिक अकाउण्ट नै बन्द गरिदिएका छन् ।

ट्वीटर र फेसबुकले ट्रम्पका आधिकारिक अकाउण्ट बन्द गर्दा युट्युबले समेत एक हप्ता उनको खातामा प्रतिबन्ध लगाएको थियो । ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दोस्रोपटक असफल भएको हो । यसअघि महिलामाथि यौन दुर्व्यवहार गरेको र युक्रेनका राष्ट्रपतिसँग विवादास्पद फोन संवाद गरेको आरोपमा उनीमाथि महाअभियोग लगाइएको थियो ।

त्यतिबेला पनि तल्लो सदनबाट बहुमतले पारित भएको महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट खारेज भएको थियो । माथिल्लो सदनबाट दुवै पटक महाअभियोग प्रस्ताव असफल भएपछि ट्रम्प अब सन् २०२४ को चुनावमा राष्ट्रपति पदको उम्मेद्वार बन्न पाउनेछन् ।

यद्यपी एकै कार्यकालमा दुई पटक महाअभियोग लाग्ने ट्रम्प अमेरिकी इतिहासकै पहिलो राष्ट्रपति हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय