
२ फागुन, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ मा आवेदन दिने आज (फागुन २ गते) अन्तिम दिन हो।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। निष्काशन गरिएको कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गरिएको हो।
सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
सो ऋणपत्रको अवधि ७ वर्षको रहेको छ। बैंकले वार्षिक ८.५ प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जनाएको छ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया