शनिबार , फागुण १५, २०७७

आज देशभर घाम राम्रोसँग नलाग्ने

आज देशभर घाम राम्रोसँग नलाग्ने

२ फागुन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पश्चिमका पहाडी क्षेत्रका एक-दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ । महाशाखाले आइतबार बिहान जारी गरेको मौसमी बुलेटिन अनुसार अरु ठाउँको मौसम पनि राम्रोसँग नखुल्ने भएको छ ।

महाशाखाका अनुसार यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको छ । आज देशभर घाम राम्रोसँग नलाग्ने र मौसम राम्रोसँग नखुल्ने महाशाखाले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै तराईका केही ठाउँमा बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भइरहेको छ ।

यस्तै अहिले अरु पहाडी क्षेत्रमा आंशिक बद्ली रहेको छ भने बाँकी ठाउँको मौसम सफा रहेको महाशाखाले जनाएको छ । तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय