
२ फागुन, काठमाडौं । चुनावको आचारसंहिताबारे छलफल गर्नका लागि निर्वाचन आयोगले सबै दलका प्रतिनिधिहरुलाई आज बोलाएको छ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न आयोगले बोलाएको हो ।
निर्वाचन आयोगका अनुसार आचारसंहिताको मस्यौदामा छलफल गर्नका लागि आज बिहान ११ बजे दलहरुलाई बोलाइएको छ । छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ ।
दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ ।
प्रतिक्रिया