शनिबार , फागुण १५, २०७७

भागरथी हत्या बारे बुझन बैतडी पुगे कांग्रेस नेता लेखक

भागरथी हत्या बारे बुझन बैतडी पुगे कांग्रेस नेता लेखक

२ फागुन,बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुगेका छन् । पूर्वमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य लेखकले घटनाको स्थलगत अध्ययन गरी पार्टीलाई प्रतिवेदन बुझाउने जनाइएको छ ।

केन्द्रीय प्रतिनिधि लेखकले आज घटनास्थलको अवलोकन, पीडित परिवारसँग भेटघाट, स्थानीय जनप्रतिनिधिसँग छलफल र घटनाका बारेमा प्रहरीले गरेको अनुसन्धानका विषयमा प्रदेश प्रहरी प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको नेता लेखकका स्वकीय सचिव जनक भट्टले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्थलगत अध्ययन र विभिन्न व्यक्तिसँगको छलफलपछि नेता लेखकले प्रतिवेदन पार्टीलाई बुझाउने छन् । लेखकले यसअघि शनिबार कांग्रेस जिल्ला समितिसँग पनि छलफल गरेका थिए । कांग्रेसले नेता लेखकलाई घटनाको सत्यतथ्य बुझ्न, घटनाको अध्ययन गरी देखिएका विषयवस्तु समेटेर पार्टीलाई बुझाउने जनाइएको छ ।

घटनापश्चात विभिन्न पार्टीका नेता, कार्यकर्ता घटनास्थल र पीडित परिवारलाई भेट्ने क्रम चलिरहेको छ । यसअघि नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापा, कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेशसभा सदस्य कर्ण मल्ल, लीलाधर भट्ट, पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीलगायतका नेता कार्यकर्ताले घटनास्थलको अवलोकन र पीडित परिवारलाई भेटेका थिए ।

भागरथी गत माघ २२ गते बलात्कारपछि हत्या गरिएकी अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी हुन् । हालसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । आफन्तले हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान राखेका छन् । जिल्ला अस्पतालमा रहेको शवलाई सुरक्षित राख्न समस्या भइरहेको अस्पतालले जनाएको छ । यता प्रहरीले भने अपराधी नजिक पुगेकाले छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

घटनापश्चात घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् । यस्तै घटना भएको ११ दिन बितिसक्दासमेत अपराधी पत्ता नलागेको भन्दै शान्तिपूर्ण आन्दोलन पनि जारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल एसबिआई बैंकद्वारा मानवसेवा आश्रमलाई सोलार लगाएतका समान प्रदान नेपाल एसबिआई बैंकद्वारा मानवसेवा आश्रमलाई सोलार लगाएतका समान प्रदान ५ दिन पहिले
अफगानिस्तानको विस्फोटमा परी एक प्रहरीको मृत्यु, १५ घाइते अफगानिस्तानको विस्फोटमा परी एक प्रहरीको मृत्यु, १५ घाइते ६ दिन पहिले
कोरोना कहर घटेपछि खप्तडमा पर्यटकको चहलपहल कोरोना कहर घटेपछि खप्तडमा पर्यटकको चहलपहल ५ दिन पहिले
पथलैया ट्राफिकको असुलीधन्दा, कांग्रेस सांसद बानियाँको सेटिङमा भारबहन गाडीलाई फाइदै फाइदा पथलैया ट्राफिकको असुलीधन्दा, कांग्रेस सांसद बानियाँको सेटिङमा भारबहन गाडीलाई फाइदै फाइदा ५ दिन पहिले
नर्भिक अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको ओपीडी संचालन नर्भिक अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको ओपीडी संचालन ६ दिन पहिले
निर्वाचन हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन : पोखरेल निर्वाचन हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन : पोखरेल ५ दिन पहिले
प्रथम शहीद रम्तेलको स्मृति दिवसमा सार्वजनिक विदा प्रथम शहीद रम्तेलको स्मृति दिवसमा सार्वजनिक विदा १७ घण्टा पहिले
जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण ५ दिन पहिले