पर्यटन प्रवद्र्धनार्थ काभ्रेका चार स्थान छनोट
नेपालबहस संवाददाता
फागुन २, २०७७ आइतबार १७:३८:५३
२ फागुन, काभ्रेपलाञ्चोक । पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार निर्माणार्थ यहाँको चार स्थान छनोट गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना, आयोजना छनोटका क्रममा काभ्रेपलाञ्चोकको चार स्थान छनोट गरेको हो ।
पर्यटकीयस्थलको संरक्षण एवं भौतिक पूर्वाधार निर्माण गर्न छनोट गरिएका चार स्थानीय तहका चार स्थानका लागि रु १३ करोड ९२ लाख बजेटसमेत विनियोजन गरिएको छ । योजनाअन्तर्गत भुम्लु गाउँपालिकाको भीमसेनस्थान–गढीडाँडा–साँगासोती पर्यटन पूर्वाधार विकासमा रु चार करोड ६२ लाख, रोशी गाउँपालिकास्थित तीनधारे झरना संरक्षण एवं पूर्वाधार विकासका लागि रु पाँच करोड, बनेपा नगरपालिकाको चण्डेश्वरीमा सिँढी निर्माणमा रु तीन करोड ३० लाख र चौँरीदेउराली गाउँपालिकास्थित साँगासोती–खाँडाखेवी युद्ध पर्यटन पदमार्गका लागि रु एक करोड बजेटसहित रहेका छन् ।
मन्त्रालयको पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका–२०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारी पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत भौतिक निर्माणलाई प्राथमिकता दिइएको हो । सरकारले छनोट गरेका अधिकांश आयोजना उद्यान, वनभोजस्थल, मन्दिर, पर्यटकीयस्थलसम्म पुग्ने सडक, पदमार्ग, सङ्ग्रहालय, गुम्बा, स्मृति–उद्यान, मनोरञ्जनस्थल (फनपार्क)लगायतका रहेका छन् ।
केही महिनाअघि मात्रै प्रचारमा ल्याइएको रोशी गाउँपालिकाको तीनधारे झरनामा आन्तरिक पर्यटकको निकै चहलपहल बढिरहेको छ । यसको संरक्षण एवं भौतिक निर्माणका लागि गाउँपालिका पनि बजेटसहितको योजना बनाउने प्रक्रियामा छ । पूर्वमन्त्री एवं प्रतिनिधिसभाका पूर्वसदस्य गोकुलप्रसाद बाँस्कोटाले स्थानीय तहका गन्तव्य पूर्वाधार विकासका लागि साझेदारी गराई सरकारले देशभरको स्थल छनोट गरी पर्यटकीय गन्तव्यको रूपमा पूर्वाधार विकास गर्न पर्यटन क्षेत्रमा योजना थपिएको बताए । “अन्य क्षेत्रका विकाससँगै हामी जिल्लामा राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रक्रिया अघि बढाइरहेका छौँ, समयमै काम सक्नुपर्यो, योजना र बजेटको चिन्ता गर्नुपर्ने अवस्था छैन”, उहाँले भने।
मन्त्रालयले हालैमात्र देशभरका २०० पर्यटकीय गन्तव्यको पूर्वाधार विकास निर्माणका लागि स्थान छनोट गरी करिब रु छ अर्ब ८० करोड विनियोजन गरेको छ । वाग्मती प्रदेशको काठमाडौँ र सिन्धुली जिल्लाबाहेक ११ जिल्लाका २० पर्यटकीय गन्तव्य पूर्वाधारका निर्माणका लागि छनोटमा परेका छन् ।
यसअघि मन्त्रालयले १०० वटा नयाँ पर्यटकीय गन्तव्यस्थल निर्धारण गर्दा वाग्मती प्रदेशमा सूचीकृत १७ स्थलमध्ये छनोटमा परेको काभ्रेपलाञ्चोकको महाभारत ट्रेल ९लाँकुरीभञ्ज्याङ–फुल्चोकी–गुर्दुमडाँडा–नारायणस्थान–भुमेचुली पदमार्ग०को हाल विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
बैशाख ४, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर गरे नागढुंगा सुरुङमार्ग छिचोलिएको घोषणा
बैशाख ३, २०८१ सोमबार
नागढुंगा सुरुङमार्गमा गाडी चलाउन अझै एक वर्ष कुर्नुपर्ने
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार