
२ फागुन, एजेन्सी । भारतको आन्ध्र प्रदेशमा यात्रु बोकेको मिनिबस र ट्रक ठोक्किदा १४ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको मधुपुरम गाउँ नजिकै भएको दुर्घटनामा १४ जनाको घटनास्थलमै ज्यान गएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
दुर्घटनामा चार बालबालिका गम्भिर घाइते भएका छन् । १८ जना यात्रु बोकेर तीव्र गतिमा गुडिरहेको बस सडकको डिभाइडरबाट उछिट्टिएर विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो । मृत्यु हुनेमा आठ जना महिला पनि छन् ।
प्रतिक्रिया