आइतबार , फागुण १६, २०७७

मलाई चिटिक्क चिमोट्न प्रिया

मलाई चिटिक्क चिमोट्न प्रिया

म चहलपहलमा छु कि रहलपहलमा ?
म सडकमा छु कि रङ्गमहलमा ?
म काँडामा छु कि फूलमा ?
म हुलमुलमा छु कि रनभुल्लमा ?
म खाटमा छु कि घाटमा ?
म शक्तिमा छु कि आशक्तिमा ?
म हराउँदै छु कि भेटिँदै छु ?
मान्छे हो कि भेडा, हल्ला ठूलै छ,
कि मलाई राजा बनाउँदै छन् ?
कि सबैको साझा बनाउँदै छन् ?
कि मैले होस गुमाएको मौकामा
सबैले मेरो बाह्र बजाउँदै छन् ?
मलाई चिटिक्क चिमोट्न प्रिया
म देखिदै छु कि छोपिदै छु ?
म लेखिदै छु कि मेटिदै छु ?

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय