आइतबार , फागुण १६, २०७७

सालिकको वास्तविकता बुझी पार्टीमा प्रतिवेदन पेश गर्न कांग्रेस वीपीकाे माग

सालिकको वास्तविकता बुझी पार्टीमा प्रतिवेदन पेश गर्न कांग्रेस वीपीकाे माग

१ फागुन, काठमाडौं । । रौतहट जिल्लाको गौर नगरपालिकाको ऐतिहासिक वीपी चोक तथा वीपी स्मारक ‘सालिक’ रहेको स्थानको नामकरण परिवर्तन गर्ने उद्देश्यले “ मधेश क्रान्ति चोक तथा स्मृति टावर निर्माण” कार्यका लागि गत माघ २६ गते गौर नगरपालिका नगर प्रमुख अजय कुमार गुप्ताद्वारा शिलान्यास भएको खबरले प्रजातन्त्रवादीहरु स्तब्ध भएको नेपाली कांग्रेस ‘वीपी’ ले बताएको छ ।

कांग्रेस ‘वीपी’ नगर प्रमुखसँग भेटघाट गरि वास्तविकता बुझी पार्टीमा प्रतिवेदन पेश गर्न पार्टी महामन्त्री पुष्पराज पराजुलीलाई पठाएको छ । कांग्रेस ‘वीपी’ का सभापति हरिबोल भट्टराईले विज्ञप्ति जारी गर्दै गत माघ २६ गते गौर नगरपालिका नगर प्रमुख अजय कुमार गुप्ताद्वारा जननायक तथा प्रजातन्त्रका हिमायती राज नेता स्व. विश्वेश्वरप्रसाद कोइरालाका नाममा नामाकरण भएको रौतहट जिल्ला गौरको ऐतिहासिक वी पी चोक तथा वी पी स्मारक ‘सालिक’ रहेको स्थानको नामकरण परिवर्तन गर्ने उद्देश्यले “ मधेश क्रान्ति चोक तथा स्मृति टावर निर्माण” कार्यका लागि शिलान्यास भएको खबरले प्रजातन्त्रवादीहरु स्तब्ध भएका बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कांग्रेस ‘वीपी’ ले प्रजातन्त्रमा होमिएका एवं ८-८ वर्ष सम्म कठोर जेल र प्रवास जीवन बिताउदै प्रजातन्त्रको लागि जीवन समर्पण गरेका प्रजातन्त्रवादी राजनेता जननायक वीपी कोइरालाको स्मारक रहेको सोहि स्थानमा स्मृति टावर निर्माण तथा चोकको नाम परिवर्तन गर्ने भनि गरिएको नगरपालिकाको निर्णयलाई तत्काल पुनस्विचार गरि अन्य स्थानमा स्मृति टावर निर्माण गर्न नगरपालिकासँग आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज प्रेस युनियनको बागमती भेला नुवाकोटमा, कांग्रेस उपसभापति निधिले उदघाटन गर्ने आज प्रेस युनियनको बागमती भेला नुवाकोटमा, कांग्रेस उपसभापति निधिले उदघाटन गर्ने ५ घण्टा पहिले
देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि १९ घण्टा पहिले
न्याय नपाउँदा लामो समयदेखि द्वन्द्व प्रभावित परिवार निराश न्याय नपाउँदा लामो समयदेखि द्वन्द्व प्रभावित परिवार निराश ५ घण्टा पहिले
नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी विश्वकप लिग-२ का बाँकी खेल प्रत्यक्ष प्रसारण हुने नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी विश्वकप लिग-२ का बाँकी खेल प्रत्यक्ष प्रसारण हुने २ घण्टा पहिले
मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा नगरपालिका मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा नगरपालिका २ घण्टा पहिले
सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया शुरु सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया शुरु ५ घण्टा पहिले
प्रधानमन्त्री ओलीले गरे कमल खोलाको पुल उदघाटन प्रधानमन्त्री ओलीले गरे कमल खोलाको पुल उदघाटन २ घण्टा पहिले
अपहेलनासम्बन्धी मुद्धाको प्रतिउत्तर बुझाउन सर्वाेच्च पुगे प्रचण्ड अपहेलनासम्बन्धी मुद्धाको प्रतिउत्तर बुझाउन सर्वाेच्च पुगे प्रचण्ड ४ घण्टा पहिले