शुक्रबार , फागुण १४, २०७७

रावाबेँसी गाउँपालिकामा बर्थिङ सेन्टरको स्थापना

रावाबेँसी गाउँपालिकामा बर्थिङ सेन्टरको स्थापना

२ फागुन,खोटाङ । रावाबेँसी गाउँपालिकामा पाँचौँ बर्थिङ सेन्टर (प्रसूति गृह) स्थापना गरिएको छ । छ वडा रहेको उक्त गाउँपालिकाको वडा नं ४ डुम्रेधारापानीमा नयाँ भवन निर्माण गरेर बर्थिङ सेन्टर सेवा शुरु गरिएको हो ।

‘वानहर्ट वल्डवाईड’ नामक संस्था र गाउँपालिकाको सहकार्यमा भवन निर्माण गरेर स्थापना गरिएको बर्थिङ सेन्टर गाउँपालिका प्रमुख लीलानाथ निरौलाले उद्घाटन रेका छन् । वानहर्टको ६२।३ प्रतिशत र गाउँपालिकाको ३७।७ प्रतिशत गरी रु १७ लाखमा चार कोठे भवन निर्माण गरेर बर्थिङ सेन्टर स्थापना गरिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बर्थिङ सेन्टरका लागि सुत्केरी गराउने, स्वास्थ्यकर्मी बस्ने, बेटिङमा बस्ने र सभाहलसहितको चार कोठे भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । नयाँ भवन, बर्थिङ सेन्टरका लागि आवश्यक उपकरण, जनशक्ति एवं औषधिको व्यवस्था गरेर बर्थिङ सेन्टर स्थापना गरिएको वडाध्यक्ष ज्ञानुराज पाण्डेले जानकारी दिनुभयो । वानहर्टले सुत्केरी गराउन आवश्यक पर्ने बेडदेखि अन्य आवश्यक उपकरण उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बुढानीलकण्ठमा सुरू भयाे कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरू भयाे कांग्रेस पदाधिकारी बैठक १ दिन पहिले
सशस्त्र द्वन्द्वले विश्व समुदाय चिन्तित, संयुक्त राष्ट्रसंघद्वारा शान्तिको लागि आग्रह सशस्त्र द्वन्द्वले विश्व समुदाय चिन्तित, संयुक्त राष्ट्रसंघद्वारा शान्तिको लागि आग्रह ७ दिन पहिले
मधेशवादी दलले मधेश र मधेशी जनताको पक्षमा काम गर्न नसक्ने : वरिष्ठ नेता पौडेल मधेशवादी दलले मधेश र मधेशी जनताको पक्षमा काम गर्न नसक्ने : वरिष्ठ नेता पौडेल २ दिन पहिले
सुर्खेतको वीरेन्द्रनगरमा पनि बर्ड फ्लु देखियाे सुर्खेतको वीरेन्द्रनगरमा पनि बर्ड फ्लु देखियाे ६ दिन पहिले
डा विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त डा विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त ३ दिन पहिले
इंग्ल्याण्डसँग ‘टी–२० सिरिज’ खेल्ने भारतको टोली घोषणा, सूर्यले पाए मौका इंग्ल्याण्डसँग ‘टी–२० सिरिज’ खेल्ने भारतको टोली घोषणा, सूर्यले पाए मौका ५ दिन पहिले
सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा ५ दिन पहिले
बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै २ दिन पहिले