शनिबार , फागुण १५, २०७७

प्रचण्ड– नेपालको आन्दोलनमा योगेश–घनश्यामहरु कता वेपत्ता ?

प्रचण्ड– नेपालको आन्दोलनमा योगेश–घनश्यामहरु कता वेपत्ता ?

२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहले आयोजना गर्ने विरोध सभामा दुई युवा पात्र अहिले गुमनाम देखिएका छन् । माघ २८ गते राजधानीमा भएको ठूलो आमसभामा पनि ती युवाहरु देखिएनन भने पूर्वको धनकुटामा भएको आमसभामा पनि ती युवाहरु देखिएनन ।

उनीहरु राजधानी केन्द्रीत वा अर्को आन्दोलनमा देखिएका छैनन । संघर्ष समितिको सहसंयोजक समेत रहेका योगेश भट्टराई र घनश्याम भूषाल अहिले गुमनाम देखिएका हुन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको हठका कारण आन्दोलन अनियन्त्रित हुँदै गएको भन्दै भूषाल र भट्टराईको सक्रिय सहभागिता देखिएको छैन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भट्टराई आन्दोलनको सहकमाण्डर भएपनि उनको भूमिका नदेखिएपछि अहिले काठमाडौबाहिर भएको बहानमा खास देखिएका छैनन । आमहड्ताल गर्नु हुदैन भन्ने मान्यता राखेका भट्टराई हड्तालमा सहभागी भएनन । सो समूहका अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहालले आमहड्ताल गणतन्त्रविरोधि विरुद्धको अभियान भएकाले जनतालाई थोरै दुःख भएपनि यसले जनताकै पक्षमा र न्यायका लागि आफूहरु सडकमा आउनु परेको बताएको भएपनि ती दुई नेताले खास प्रतिक्रिया दिएका थिएनन ।

यही क्रममा योगेश भट्टराईले एउटा ट्वीट गरेर आमहड्ताललाई भौतिक सहभागिता नजनाई टारेका थिए । ‘सत्ताको आडमा मंडलेतन्त्रको उदय, उन्माद र स्वेत आतंक अनि पतन सुनेको मात्र होईन देखेको र भोगेको पनि हो ! ढिलो वा चांडो मार्ग त्यही हो’, भट्टराईले गरेको ट्वीटमा भनिएको थियो । तर भूषालले भने त्यो औपचारिकता पनि पूरा गरेनन ।

नेपाल–दाहाल समूहको आन्दोलन संघर्ष समितिको प्रवक्ता समेत रहेका भट्टराई केही दिनदेखि सो समूहले आयोजना गर्ने पत्रकार सम्मेलनमा समेत सहभागी भएका छैनन । माघ ९ गते काठमाडौमा गरिएको विशाल आमसभाको क्रममा भट्टराईलाई उद्घोषण दिने भनिएपनि एकाएक पम्फा भूषालको उदयभएपनि उनी त्यसदिन पनि बाहिरिएका थिए । त्यसयता भट्टराई खासै राम्रोसँग आन्दोलनमा सहभागी भएका छैनन ।

‘उहाँ काठमाडौं बाहिर हुनुहुन्छ त्यही भएर अहिले काठमाडौमा नदेखिनु भएको हो बाहिरकै कमाण्डमा रहनुभएकाले उहाँलाई आन्दोलनले मिस गरिरहेको छ’, उनी निकट एक नेताले भने । माघ २८ गते पनि उनको सहभागिता देखिएन । माघ २८ गते उनलाई वक्ता चयन गर्ने जिम्मेवारी दिएर वक्ताबाटै बन्चित गरिएको थियो । माघ २८ गतेको सभामा वक्ता चयन गर्दा पनि विवाद भएको थियो । समावेशी बनाउने भन्दै वक्ता चयनमा प्रवक्ता नारायणकाजीले हस्तक्षेप गरेका थिए । त्यसपछि पनि भट्टराई पूरै रिसाएका छन् ।

उनले आफू निकट साथीहरुसँग पूर्व माओवादीका नेताहरु बढी नै हठी रहेछन उनीहरुसँग सँगै हिड्न सकिदैन कि भनेर सुनाउन थालेका छन् । यद्यपि यो विषयमा भट्टराई कतै मुख खोलेका छैनन । पार्टीभित्र स्थायी कमिटीको बैठक नबसेको र आन्दोलनको पूरै समीक्षा नभएका कारण उनीहरुले आफ्ना भनाईहरु राख्न नसकेको स्रोतको दावी छ ।

समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल पूर्वको कार्यक्रममा भए पनि त्यहाँ पनि भट्टराई उपस्थित भएनन । भुषाल भने आफ्नै जिल्लाका उद्योगी व्यवशायीहरुसँगको छलफलमा जुटेका थिए । रुपन्देहीमा आफ्नो निर्वाचन क्षेत्र खासै सुरक्षित नभएका कारण उनी यसपटक निर्वाचन भएपनि प्रत्यक्षतर्फको उम्मेदवार हुने संभावना निकै कठिन रहेको स्रोतको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय