मंगलबार , फागुण १८, २०७७

सत्ता स्वार्थले कांग्रेसमा तैं चूप मै चूप

सत्ता स्वार्थले कांग्रेसमा तैं चूप मै चूप

२ फागुन काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चौधौं महाधिवेशन अबको पाँच दिनमा हुने समय तालिका रहेको छ । तर महाधिवेशन गर्ने तयारी भने शून्य नै छ । महाधिवेशन सार्न सहज पनि छैन्, नसारी उपाय पनि छैन् । त्यसैले पार्टी भित्रका शक्तिकेन्द्रहरु शिथिल देखिएका छन् ।

महाधिवेशनको नयाँ कार्यतालिका बनाउनै पर्ने बाध्यता छ, तैपनि नेतृत्व भने सर्वाेच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धाको निर्णयको पर्खाईमा देखिएको छ । सर्वाेच्चबाट अन्तिम फैसला नआएसम्म कहिले महाधिवेशन गर्ने भन्ने द्विविधामा दुबै पक्ष रहेको बुझ्न सकिन्छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सर्वाेच्चले विघटन सदर गरिदियो भने आगामी निर्वाचनमा टिकट वितरणदेखि सबै पक्षमा संस्थापन पक्षले हालीमुहाली गर्न पाउने अपेक्षा गरेको छ । त्यसैले सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्ष भरसक पुनस्थापना नहोस् भन्ने चाहना राख्छ । त्यस्तो स्थिति बन्यो भने विभाजित नेकपाको फुटको प्रभाव निर्वाचनमा पर्ने र आफू पक्षीय उमेदवार विजयी हुने अनुमान देउवाको रहेको देखिन्छ । जसले गर्दा देउवालगायत संस्थापन पक्षको चाहना चुनावमै केन्द्रित छ ।

महाधिवेशन अगाडि नै आम निर्वाचन भयो भने देउवा नै शक्तिशाली हुने अनुमान गर्ने यो समूहले पहिला महाधिवेशन अनि मात्र चुनाव होस् भन्ने चाहेको देखिन्छ । महाधिवेशन अगाडि हुन प्रतिनिधिसभा पुनस्थापना हुनु अनिवार्य सर्त बनेको छ । पुनस्थापना भयो भने संस्थापन इतर पक्षको ध्यान सम्पूर्ण रुपले महाधिवेशन केन्द्रित हुने भएकाले फाइदा हुने अनुमान गरिएको हो ।

चुनाव भयो भने महाधिवेशनको तालिका स्वभाविक रुपमा भदौसम्म टर्ने र आफू बलियो हुने अनुमान देउवा पक्षको रहेको छ । पुनस्थापना हुँदा चाहिं संसदीय गतिविधिमा सकृय हुनुपर्ने र सरकार बनाउने बेला पार्टीमा किचलो हुनसक्ने बुझाई संस्थापन पक्षको रहेको छ । त्यसैले अहिले केही गर्ने पक्षमा देखिएको छैन् ।

उता, संस्थापन इतर पक्षको बुझाई पनि उस्तैछ । पुनस्थापना भयो भने मात्रै आगामी महाधिवेशनमा देउवालाई पराजित गर्न सकिने बुझाई रहेको छ । पुनस्थापना भयो भने सरकारमा आफूपक्षीय नेताहरुको सहभागिता बढी रहने र देउवाको सकृयता पनि सत्तातिरै केन्द्रित हुँदा इतर पक्षको एकता अझै सुदृढ हुने अनुमान यो पक्षले गरेको देखिन्छ ।

पुनस्थापना हुनु भनेको संविधान र लोकतन्त्रको रक्षा हुनु हो भन्ने मान्यता बोकेको संस्थापन इतर पक्षले पनि सर्वाेच्चले फैसला नगरेसम्म महाधिवेशनको नयाँ कार्यतालिका बनाउनेतिर खासै ध्यान दिएको पाइँदैन् । त्यसैले गर्दा पाँच दिन मात्र बाँकी रहँदासमेत महाधिवेशन बारे कसैको खोजी र रुचीको विषय बनेको छैन ।

पार्टीको क्रियाशील सदस्यता संख्या पाँच लाखबाट बढाएर १० लाख पु¥याउने र पार्टी एकीकरण गरी आएकाहरुलाई समायोजन गर्ने विषय पनि पेचिलो बनेको छ । जसले गर्दा कोहीपनि यसबारे टाउको दुखाउने पक्षमा देखिएका छैनन् ।

महाधिवेशन अगाडि नै आम निर्वाचन भयो भने देउवा नै शक्तिशाली हुने अनुमान गर्ने यो समूहले पहिला महाधिवेशन अनि मात्र चुनाव होस् भन्ने चाहेको देखिन्छ । महाधिवेशन अगाडि हुन प्रतिनिधिसभा पुनस्थापना हुनु अनिवार्य सर्त बनेको छ । पुनस्थापना भयो भने संस्थापन इतर पक्षको ध्यान सम्पूर्ण रुपले महाधिवेशन केन्द्रित हुने भएकाले फाइदा हुने अनुमान गरिएको हो । जबकी यस्तो अवस्थामा संस्थापन पक्षले संसदीय प्रकृयामा नै धेरै उर्जा खर्चने अवस्था आउने र सत्तामा जाँदा देउवाप्रतिको आक्रोश र असन्तुष्टि थप चुलिने सम्भावना बढ्ने बुझाई यो पक्षको रहेको छ ।

यही फागुनको ७ देखि १० गतेसम्म राजधानीमा गर्ने गरी निर्धारण गरिएको समय तालिका फेर्न समेत कसैलाई चासो छैन । महाधिवेशनको सबैभन्दा महत्वपूर्ण काम भनेको क्रियाशील सदस्यता वितरण र नवीकरण हो । यो कामको थालनी भएको एक वर्ष नाघिसक्यो । तर अझै पूर्ण भएको भने छैन । यो काम समेत आधा पूरा गर्न सकिएको छैन । यस्तो अवस्थामा महाधिवेशन हुने भन्ने त कुनै प्रश्न नै भएन । यो मुद्धा उठाउन कोही इच्छुक नहुनुका पछाडि कसले अपजस लिने भन्नेतिर गएको छ ।

अब संस्थापन पक्षले नै नयाँ कार्यतालिकाबारे प्रसंग उठाओस् भन्ने सोच संस्थापन इतरको रहेको छ । तयारी पूरा नभएको अवस्थामा यो विषय उठाउने चाहना कसैले गरेको छैन । त्यसैले यो विषयमा सबै तैं चूप मै चूप को अवस्थामा देखिन्छन् । यस्तै , पार्टीको क्रियाशील सदस्यता संख्या पाँच लाखबाट बढाएर १० लाख पु¥याउने र पार्टी एकीकरण गरी आएकाहरुलाई समायोजन गर्ने विषय पनि पेचिलो बनेको छ । जसले गर्दा कोहीपनि यसबारे टाउको दुखाउने पक्षमा देखिएका छैनन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय