आलुमा आत्मनिर्भर बन्दै शुक्लागण्डकी नगरपालिका
नेपालबहस संवाददाता
फागुन २, २०७७ आइतबार १९:५८:३७
२ फागुन,तनहुँ । तनहुँको ढोरफिर्दी गाविस हालको शुक्लागण्डकी नगरपालिका–८ आलु खेतीमा आत्मनिर्भर बन्ने गरी यस वर्षदेखि आलुखेती थालिएको छ । वडाले ६६७ कृषकलाई अनुदानस्वरुप करीब ३२ हजार किलोग्राम आलुको बीउ वितरण गरेको थियो ।
पहिलो वर्षमै पाँच लाख किलो आलु उत्पादन भएको वडाले जनाएको छ । पहिलो वर्षमै आलु उत्पादनमा राम्रो भएपछि यहाँका कृषक उत्साहित भएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताएका छन् । आफ्नो वडाभित्रका कृषकलाई आलु खेतीमा प्रोत्साहन गरेर आत्मनिर्भर बन्ने अभियानमा यस वडा अघि बढेको छ । उनले भने, “कृषकलाई आलुको बीउ र औषधिमा अनुदानको व्यवस्था गर्दै आएका छौ ।”
“आलुखेतीको लागि पकेट क्षेत्रको रुपमा यस वडालाई लिने गरिएको छ । आलुखेती गर्ने कृषकलाई अवलोकन भ्रमण, तालीम लगायतका कार्यहरुमा विशेष चासो राखेर कार्य गर्दै आईरहेको छौ । ”उनले भने । आलु खेतीबाट राम्रै आम्दानी हुने देखेपछि त्यस क्षेत्रका कृषक आलुखेती तर्फ आर्कर्षित भएका छन् । एक्काइस जनाको समूह मिलेर दुई सय किलो आलु लगाउँदा करीब एक हजार ८०० किलो आलु उत्पादन भएको नवीन टोल समूहकी अध्यक्ष धनमाया आलेले बताएकी छिन् ।
“उत्पादित आलु समूहमा वितरण गर्दा प्रतिव्यक्ति ८० देखी ८५ किलोसम्म भागमा प¥यो ”। उनले भने, “वडाले कृषकका लागि गर्नुपर्ने कार्यमा कुनैपनि कन्जु्याई गरिएको छैन् ।” सामूहिक रुपमा आलुखेती गर्दा रमाइलो अनुभूति भएको उनी बताउछन् । समूहमा काम गर्दा सिक्ने अवसर धेरै मिल्दो रहेछ, उनले भने, “जानेकाले नजानेकालाई सिकाइने हुँदा प्रभावकारी हुदोरहेछ ।”
उनले आलु उत्पादन गर्ने वडाभरिका कृषकलाई स्याङ्जाको गल्याङमा गरिएको आलुखेतीको अवलोकन भ्रमण पश्चात् आफुहरु प्रभावित भएको बताए । विगतका वर्षमा रातो र निलो आलु लगाउँदा निलो आलु राम्रो उत्पादन भए पनि यस वर्ष भने रातो आलु बढी मात्रामा उत्पादन भएको अर्का कृषक सपना राना मगरले बताईन् ।
सामूहिक खेतीमा संग्लग्न भएकी उनी यसअघि खेती गर्दा आलु खनेर ल्याउदा राम्रो नै रहेपनि पछि कुहिने समस्याले जोगाउन कठिन भएको बताउछिन् । यसवर्ष आलुमा कुनै किसिमको समस्या नदेखिएको लामो समयसम्म जोगाउन सकिन्छ कि भन्ने विश्वास लागेको उनले बताएकी छिन् ।
आलु लगाएदेखि पानी नपरेका कारण अपेक्षाअनुरुप उत्पादन हुन नसकेको आलुखेती गरेका कृषकको गुनासो रहेको छ । सिँचाइ भएको भए आलु उत्पादन अझ वृद्धि हुनेमा कृषक विश्वस्त थिए । यस वर्ष आफ्नो खेतमा करीब १५० किलो आलु लगाउदा करीब ९०० किलो आलु उत्पादन भएको कृषक रामबहादुर बानियाँले बताए ।
वडामा खेतीयोग्य जमीन प्रशस्त रहेकाले वडाले सिँचाइको व्यवस्था गरी दिए खेतीको लागि अझ सहज वातावरण हुने कृषक बानियाँ बताउछन् । आगामी वर्ष आलु उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित कृषक उत्साहित भएर लागेको वडाध्यक्ष रेग्मीले बताए । उक्त वडाको लालिमफाँट, फिर्दीफाँट र दहरेफाँट आलुखेतीको लागि प्रख्यात मानिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार