बिहिबार , फागुण १३, २०७७

मिस एण्ड मिस्टर विराटनगर प्रतियोगिता चैतमा हुने

मिस एण्ड मिस्टर विराटनगर प्रतियोगिता चैतमा हुने

२ फागुन,विराटनगर । लुकेर रहेका प्रतिभालाई देशभरि चिनाउन र उनीहरुको मनोबल बढाउन यहाँ ‘मिस एण्ड मिस्टर विराटनगर–२०७७’ प्रतियोगिता गरिने भएको छ । स्रष्टा नेपालद्वारा आयोजना हुने सो प्रतियोगिताका मिस एण्ड मिस्टर कार्यक्रमका निर्देशक रोनक अग्रवालले बताएका छन् ।

प्रतियोगितामा प्रथम हुने मिस एण्ड मिस्टर विराटनगरलाई जनही रु ५१ हजारको पुरस्कार प्रदान गरिनेछ । कार्यक्रमको शोभा बढाउन नेपाली कलाकार रेश्मा घिमिरे, सुरजसिंह ठकुरी र गायकार विक्रम बरालको सहभागितासमेत रहने बताइएको छ । विराटनगरभरिको अडिसन यही फागुन ४ गते ८ गते हुने छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कार्यक्रमको अन्तिम प्रतियोगिता चैतमा हुने र यसका लागि अहिले नै मिति तोकिनसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा १५ वर्षदेखि २५ वर्षसम्मका अविवाहित युवायुवतीे सहभागिता हुने प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय