
२ फागुन, काठमाडौं । सुदूर पश्चिमको बैतडीकी भागिरथी भट्टको बलात्कारपछि गरिएको हत्या प्रकरणमा दोषी पत्ता लगाउन सरकार विफल भएको भन्दै हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग राख्दै आज राजधानीमा नेपाल विद्यार्थी संघले प्रदर्शनी गरेको छ ।
बागबजारस्थित पद्मकन्या क्याम्पसमा आयोजित प्रदर्शनीमा सहभागीहरुले बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्न अपराधी यतिका लामो समय पक्राउ नगरेर सरकारले कतै दोषी उम्काउन खोजेको त हैन भन्दै आशंकासमेत प्रकट गरिएको छ ।
नेविसंघका केन्द्रीय सभापति राजीव ढुंगानाले सरकारको सुुस्तताले गर्दा अपराधी अहिलेसम्म पक्राउ नपरेको भन्दै भट्ट परिवारलाई न्यायको अनुुभूति दिलाउन ओली प्रशासन चुकेको आरोप लगाए । उनले भने–पटक पटक यस्ता अपराध दोहरिएका छन् , तर ओली सरकार मस्त छ, अपराधी खोज्न कतै जानैपर्दैन साइबर सेना भित्र पसे फेला पर्छ ।
प्रतिक्रिया