मंगलबार , फागुण १८, २०७७

सरकारविरुद्ध चौथो चरणको आन्दोलन घोषणा

सरकारविरुद्ध चौथो चरणको आन्दोलन घोषणा

२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनरत  नेकपा प्रचण्ड–माधव समूहले आज चौथोँ चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार,फागुन ५ देखि १२ गतेसम्म प्रत्येक प्रदेश कमिटीको आयोजनामा जिल्लास्तरीय विरोध प्रदर्शन,सभालगायतका कार्यक्रम गरिने छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै फागुन ६गते प्रतिगमन , महंगी र भ्रष्टाचारको विरोधमा राजधानीको टुंडिखेल वरिपरि मानव साङ्गलो तयार गरी विरोध जनाइने भएको छ ।

साथै, फागुन ७ गते देशैभरिका सबै पालिकाका वडाहरुमा विरोध गर्ने, ७ देखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा हस्ताक्षर संकलन, फागुन ८ गते राजधानीमा प्रतिगम विरुद्ध वृहत्त अन्तरक्रिया लगायत विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय