
२ फागुन, एजेन्सी । धेरै जसो होटल तथा अन्य ठेलातिर समोसा, जेरी, रोटी, आलु चापजस्ता खानेकुराहरु पत्रिकामा पोको पारेर घर ल्याउने चलन रहेको छ। तपाइँहरुले पनि पक्कै पनि यस्तो गर्नु भएको होला। यदि यस्तो गर्दै हुनुहुन्छ भने सावधान रहनुहोस् यसरी पत्रिकामा पोको पारेर राखिने खानेकुराहरु खाँदा क्यान्सरजस्ता खतरनाक रोगको जोखिम रहने बताइएको छ ।
यस सन्दर्भमा भारतको खाद्यसुरक्षा तथा मापदण्ड प्राधिकरणले सूचना गरेको थियो कि पत्रिकामा प्रयोग गरिने मसीमा कतिपय यस्ता बायोएक्टिभ पदार्थहरुको प्रयोग गरिएको हुन्छ, जुन खानेकुरामा टाँसिएर हाम्रो शरीरभित्र प्रवेश गर्दछन् अनि हाम्रो स्वास्थ्यलाई बिगार्दछन् ।
पत्रिकाको मसीलाई सुकाउनका लागि केही रसायनहरुको प्रयोग गरिन्छ । यस्ता रसायनहरु शरीरमा प्रवेश गर्दा हाम्रो रक्त तथा फोक्सोको क्यान्सरको समस्या पैदा हुने गर्दछन् ।
पत्रिकाको मसीमा प्रयोग भएका हानिकारक रसायनहरुले, हाम्रो शरीरको हर्मोनलाई असन्तुलित बनाउँछ । जसकारण विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा हुन्छन् । पत्रिकाको मसीमा डिससोबुटिल थ्यालेट नामक रसायन पाइन्छ, जसले अपचको गम्भीर समस्या पनि उत्पन्न गर्दछन् ।
पत्रिकामा प्रयोग गरिने मसीमा हुने कतिपय रसायनले महिलाहरुमा प्रजजन सम्बन्धी समस्या उत्पन्न गराउँदछ । पत्रिकामा प्रयोग गरेका रसायनले शरीरको प्रतिरोधात्मक क्षमता घटाउँदछ । जसले शरीरको रोगसँग लड्ने क्षमता कम हुन्छ ।
प्रतिक्रिया