आइतबार , फागुण १६, २०७७

कोरोनाले विदेशमा यो साता थप २ जना नेपालीको निधन : एनआरएनए

कोरोनाले विदेशमा यो साता थप २ जना नेपालीको निधन : एनआरएनए

२ फागुन, काठमाडौं । कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमणबाट विदेशमा यो साता थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा २ जनाको संक्रमणबाट निधन भएको हो ।

यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३५ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १ सय २१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तीमध्ये ५८ हजार ४ सय ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ५७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७२ हजार ६ सय १४ जना छ भने २ लाख ६८ हजार ९ सय २९ जना अर्थात ९८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

धमाधम खोप लगाउँदै

पछिल्लो समय अमेरिकामा ५ हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत डाक्टर, नर्स, जेष्ठ नागरिक र पहिले कोराना संक्रमण भइसकेकाहरुले खोप लगाएका हुन् । यस्तै बेलायतमा रहेका नेपाली समुदायका एक हजारभन्दा बढीले खोप लगाइसकेका छन् ।

डा। बोधराज सुवेदीका अनुसार यूरोपमा २ हजार ५ सय नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यसैबीच विभिन्न चिकित्सकिय अध्ययनले कोरोनाको नयाँ भेरियन्टको संक्रमणमा पनि हाल बजारमा आएका खोपहरु प्रभावकारी रहेको कोभिड -१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसँग सासद यादवको भेटवार्ता भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसँग सासद यादवको भेटवार्ता ५ घण्टा पहिले
आज प्रेस युनियनको बागमती भेला नुवाकोटमा, कांग्रेस उपसभापति निधिले उदघाटन गर्ने आज प्रेस युनियनको बागमती भेला नुवाकोटमा, कांग्रेस उपसभापति निधिले उदघाटन गर्ने ४ घण्टा पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ? सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ? २ घण्टा पहिले
स्वस्थ्य मनको लागि खेलकुद अपरिहार्यः सासद यादव स्वस्थ्य मनको लागि खेलकुद अपरिहार्यः सासद यादव ५ घण्टा पहिले
अपहेलनासम्बन्धी मुद्धाको प्रतिउत्तर बुझाउन सर्वाेच्च पुगे प्रचण्ड अपहेलनासम्बन्धी मुद्धाको प्रतिउत्तर बुझाउन सर्वाेच्च पुगे प्रचण्ड ३ घण्टा पहिले
देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय : जबरा देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय : जबरा १९ घण्टा पहिले
सेनाले सञ्चालन गरेको शिविरमा ५८२ जनाको स्वास्थ्य उपचार सेनाले सञ्चालन गरेको शिविरमा ५८२ जनाको स्वास्थ्य उपचार ५ घण्टा पहिले
डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु,अस्पतालमा प्रहरी परिचालन डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु,अस्पतालमा प्रहरी परिचालन ४ घण्टा पहिले