
२ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपेश लम्साल नियुक्त भएका छन् ।
गत माघ २९ गते बसेको सञ्चालक समितिको ४७५ औं बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैंकको कामु सीईओको जिम्मेवारी सुम्पेको हो ।
बिगत १२ बर्षदेखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ्ग अनुभव रहेको छ ।
केन्दि«य बैंकको नीतिनियम भित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्दि«त हुने लम्सालले बताएका छन् ।
प्रतिक्रिया