शुक्रबार , फागुण १४, २०७७

अण्डाको नियमित उपभोगले मृत्युको जोखिम बढ्ने

अण्डाको नियमित उपभोगले मृत्युको जोखिम बढ्ने

२ फागुन, एजेन्सी । अण्डाको नियमित उपभोगले मृत्युको जोखिम बढाउने एक अध्ययनले देखाएको छ । मंगलबार पीएलओएस मेडिसिन जर्नलमा प्रकाशित अध्ययनका अनुसार अण्डा नियमित खानाले विभिन्न रोगबाट मृत्यु हुने जोखिम बढी भएको देखिएको हो ।

अमेरिकाका ५० देखि ७१ वर्ष उमेर समूहका ५ लाख २१ हजार १२० मानिसमा गरिएको अध्ययनले यस्तो देखाएको हो । जसमध्ये ४१.२ प्रतिशत महिला रहेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मृत्यु हुनेमा अधिकांश कोलेस्टोरेल ‘मुटुरोगसँग जोडिएको’ समस्या देखिएको अध्ययनमा उल्लेख छ । १६ वर्षसम्म गरिएको अध्ययनमा १ लाख २९ हजार ३२८ को मृत्यु भएको थियो । जसमध्ये मुटु र क्यान्सरसँग सम्बन्धित ३८ हजार ७४७ को मृत्यु भएको देखिएको छ ।

लामो समयसम्म हरेक दिन आधा वा सिंगो अण्डा खानेमा यस्तो देखिएको हो । अध्ययनअनुसार यस्तो किसिमको मृत्यु हुने जोखिम ७ प्रतिशतले वृद्धि भएको छ । तर विज्ञहरूले भने अध्ययनमा संशय व्यक्त गरेका छन् । उनीहरूले अध्ययन त्रुटिपूर्ण रहेको बताएका छन् ।

हार्वड टीएच चान स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक डा. वाल्टर विलेटले अध्ययनमा कुनै एक समय मात्र अध्ययनमा सामेल गरिएका व्यक्तिको पोषणबारे सोधिएकाले अध्ययन त्रुटिपूर्ण रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चार करोडको लागतमा ध्यानशालाको निर्माण सम्पन्न चार करोडको लागतमा ध्यानशालाको निर्माण सम्पन्न ४ हप्ता पहिले
वीरगञ्जमा निर्मित शहीद स्मारक अनावरण फागुन ८ गते गर्ने जसपाको निर्णय वीरगञ्जमा निर्मित शहीद स्मारक अनावरण फागुन ८ गते गर्ने जसपाको निर्णय १ हप्ता पहिले
कालीप्रसाद बाँस्कोटाको ‘मैना’मा गरिमा शर्मा (भिडियो) कालीप्रसाद बाँस्कोटाको ‘मैना’मा गरिमा शर्मा (भिडियो) ५९ मिनेट पहिले
स्थानिय तहमा चुनाव गतिविधि बढाउँदै निर्वाचन कार्यालय स्थानिय तहमा चुनाव गतिविधि बढाउँदै निर्वाचन कार्यालय १ हप्ता पहिले
ठमेलको अत्याधुनिक छाँयादेवी कम्प्लेक्स: सम्पदा संरक्षणको विवाद र यथार्थता ठमेलको अत्याधुनिक छाँयादेवी कम्प्लेक्स: सम्पदा संरक्षणको विवाद र यथार्थता ४ हप्ता पहिले
आइतबारबाट रिट निवेदकहरूले जवाफ दिने आइतबारबाट रिट निवेदकहरूले जवाफ दिने २ हप्ता पहिले
इजरायलमा प्रधानमन्त्रीकाे विरोध गर्नेलाई पानीको फोहोरा, आन्दोलन हिंसात्मक बन्दै इजरायलमा प्रधानमन्त्रीकाे विरोध गर्नेलाई पानीको फोहोरा, आन्दोलन हिंसात्मक बन्दै ४ हप्ता पहिले
३१ प्रहरी अधिकृतले लगाए आईजीपीबाट फुली ३१ प्रहरी अधिकृतले लगाए आईजीपीबाट फुली ३ हप्ता पहिले