निर्णाणाधीन मध्यपहाडी लोकमार्गको आयोगद्धारा निरीक्षण
नेपालबहस संवाददाता
फागुन २, २०७७ आइतबार २३:२८:४१
२ फागुन,पाँचथर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल नेतृत्वको टोलीले पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पूर्वी खण्डको स्थलगत निरीक्षण गरेको छ । उपाध्यक्ष प्रा डा कँडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वाधार विकास विज्ञ गजेन्द्र थपलियाको टोलीले काभ्रेदेखि मध्यपहाडी लोकमार्गको उद्गम विन्दु पाँचथरको चिवाभञ्ज्याङसम्मको निर्णाणाधीन सडकको अवलोकन गरेको हो ।
सरकारले मध्यपहाडी लोकमार्ग आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । सो लक्ष्य प्राप्तिका लागि निर्माण अवस्थामा गर्नुपर्ने सुधार, कालोपत्र हुन बाँकी खण्डमा आवश्यक परिवर्तन, मध्यपहाडी लोकमार्गलाई अन्य मुख्य सडकहरुसँग जोड्ने सहायक सडक निर्माण, लोकमार्गले जनजीवनमा ल्याउने परिवर्तनलगायत विषयमा टोलीले निरीक्षण गरेको हो ।
टोलीले शुक्रबार लोकमार्गको उद्गम विन्दु पाँचथरको याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङ पुगेको थियो । शनिबार निर्माणाधीन तमोर कोरिडोर तथा मदन भण्डारी मार्ग हुँदै टोली फर्किएको आयोगका सञ्चारविज्ञ रामेश्वर कार्कीले बताएका छन् । लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङ पुगेको टोलीले सो स्थानलाई व्यापारिक मार्गका रुपमा विकास गर्ने सम्भाव्यताका सम्बन्धमा स्थानीयवासीसँग अन्तरक्रिया गरेको थियो । पछिल्लो समय आयोगले रुग्ण आयोजनालाई पूर्णता दिन तथा विशेष महत्वका आयोजनाहरु समयमै पूरा गर्न सरकारलाई सुझाव तथा मार्गदर्शन दिँदै आएको छ ।
निरीक्षणले मध्यपहाडी लोकमार्ग समेटेको क्षेत्रमा अन्य पूर्वाधार विकास गर्र्न, घोषित नयाँ शहरहरुमा थप पूर्वाधार तयार पार्न, व्यावसायिक कृषि तथा फलफूल उत्पादन गर्ने क्षेत्रको पहिचान गर्न, उद्योगधन्दा स्थापना गर्ने क्षेत्रको पहिचान गर्न मद्दत मिलेको आयोगका उपाध्यक्ष प्रा डा कँडेलले वताएका छन् । “यो सडक पहाडको ‘लाइफ लाइन’का रुपमा रहेकाले यसको शीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक नीति निर्माण र सुझाव दिन निरीक्षण फलदायी रह्यो”, उपाध्यक्ष प्रा डा कँडेलले भने, “राष्ट्रिय योजना आयोगले आगामी योजनाहरु निर्माण गर्दा निरीक्षणमा प्राप्त विषयहरुलाई समेत समेट्ने छौँ ।”
प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ थपलियाले सरकारी प्राथमिकताअनुसार यो सडकको निर्माणलाई पूर्णता दिन स्थलगत निरीक्षण र अन्तरक्रिया गरिएको बताए । “काभ्रेदेखि चिवाभञ्ज्याङसम्मका प्राकृतिक सुन्दरता तथा समृद्धिका सम्भावनाहरुलाई नजीकबाट नियाल्ने अवसर प्राप्त भयो”, थपलियाले भने, “पहाडको विकासमार्फत कृषि, पर्यटन, पूर्वाधारको विकास तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने र नागरिकलाई सहज सेवा प्रदान गर्नेतर्फ आगामी योजनाहरुलाई अगाडि बढाइने छ ।”
लोकमार्गको निर्माणाधीन पूर्वी खण्ड ३८६ किलोमिटरको छ । यसमा अन्य राजमार्गसमेत समेटिएकाले २८० किलोमिटर नयाँ सडक निर्माणको कार्य अगाडि बढाइएको छ । ठेक्का लागेर पनि कालोपत्र गर्न ढिलाइ भएको तेह्रथुमको केही खण्डलाई चाँडो सम्पन्न गर्न आयोगका उपाध्यक्ष तथा प्रधानमन्त्रीका विकास विज्ञले सुझाव दिएको पुष्पलाल ९मध्यपहाडी० लोकमार्ग आयोजना कार्यालय फिदिमका प्रमुख सुरेश न्यौपानेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार