मंगलबार , फागुण १८, २०७७

कुमारी बैंकका ग्राहकलाई टाइटन जीम एन्ड फिटनेसमा सहुलियत

कुमारी बैंकका ग्राहकलाई टाइटन जीम एन्ड फिटनेसमा सहुलियत

२ फागुन, काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न क्रियाकलापमा विभिन्न सहुलियत दिने उद्देश्यमा अग्रसर कुमारी बैंक लिमिटेडले टाइटन जीम एन्ड फिटनेस सेन्टरसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने भएकोे छ ।

सम्झौता अन्तर्गत् कुमारी बैंक लिमिटेडमा खातावाल सेवाग्राहीहरूले टाइटन जीम एन्ड फिटनेसको मासिक सदस्यतामा ५%, त्रैमासिक सदस्यतामा १०%, अर्धवार्षिक सदस्यतामा १५%, तथा वार्षिक सदस्यतामा ३०% छुट प्राप्त गर्ने प्रावधान छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कुमारी बैंक लिमिटेडका सेवाग्राहीहरूले कुमारीपाटीस्थित टाइटन जीम एन्ड फिटनेस सेन्टरमा सदस्यता लिई यो सुविधाबाट लाभ लिन सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटीएम, २२ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय