सोमबार , फागुण १७, २०७७

विष्णुमती चोकबाट भालुको पित्तसहित एक जना पक्राउ

विष्णुमती चोकबाट भालुको पित्तसहित एक जना पक्राउ

२ फागुन, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको विष्णुमती चोकबाट भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-७ विष्णुमती चोकबाट १ सय ३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्त सहित सोही ठाउँ बस्ने संखुवासभा चिचिला गाउँपालका-२ घर भएका ३२ वर्षीय बिगुन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रतिवन्धित भालुको पित्त अवैध रुपमा विक्रिका लागि लुकाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त भालुको पित्त सहित फेला पारी पक्राउ गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बरामद भालुको पित्त प्रतिग्राम २५ हजार रुपैयाँ दरले विक्री गर्ने उद्देश्यले ल्याएको खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय