शुक्रबार , फागुण १४, २०७७

काठमाडौं र धनुषाबाट लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौं र धनुषाबाट लागूऔषधसहित ३ जना पक्राउ

२ फागुन, काठमाडौं । काठमाडौं टोखा नगरपालिका-१० टोखा डेरा गरी बस्ने गोरखा अजिरकोट गाउँपालिका-२ घर भएका ३८ वर्षीय चिज कुमार गुरुङलाई २ सय २२ ग्राम लागूऔषध एम्फेटामाईन र १ थान लागूऔषध तौल गर्ने डिजिटल तराजु सहित गत आइतबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले टोखा नगरपालिका-१० स्थित सडकमा उनको साथबाट १० ग्राम र अनुसन्धानको क्रममा उनकै कोठाबाट थप २ सय १२ ग्राम गरी जम्मा २ सय २२ ग्राम लागूऔषध एम्फेटामाईन बरामद गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै, धनुषाको बटेश्वर गाउँपालिका-२ कार्तिककुमर बडहरी खोलाबाट २ केजी २ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका-९ बस्ने २२ वर्षीय रामशरण महतो र २१ वर्षीय जितेन्द्र महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी बटेश्वरबाट खटिएको प्रहरीले महोत्तरीबाट धनुषातर्फ पैदल आउँदै गरेका उनीहरूलाई जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय