शनिबार , फागुण १५, २०७७

घुस लिएको अभियोगमा नायब सुब्बा र लेखापढीविरुद्ध मुद्दा

घुस लिएको अभियोगमा नायब सुब्बा र लेखापढीविरुद्ध मुद्दा

३ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

एक सेवाग्राहीको जग्गा हाल साविकको क्रममा ट्रायल चेक गर्दा नक्शाअनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउने भन्दै उनीहरुले रु ४० हजार घुस मागेको पाइएको छ । उनीहरुले घुसका अलावा एक बोतल मदिरा लिएको पाइएको आयोगको अभियोगमा उल्लेख छ । आयोगले उनीहरुविरुद्ध रु ४७ हजार ८५० बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै आयोगले स्रोत नखुलेको रु एक लाख ९० हजार नगदसहित बागमती प्रदेशमा दर्ता भएको एक सवारी साधन सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठलाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा निमित्त कार्यालय प्रमुख श्रेष्ठलाई सैनामैना नगरपालिका १० रुपन्देहीको पूर्व–पश्चिम राजमार्गको कोठो वनबाट नियन्त्रणमा लिइएको आयोगको भनाइ छ । आयोगले गत माघ २९ गते पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय