शुक्रबार , फागुण १४, २०७७

विकास बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

विकास बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

३ फागुन, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले माघ १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (फागुन ३ गते) अन्तिम दिन हो। बैंकले चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।

बैंकले साविक १ कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयरको अनुपातमा हकप्रद निष्काशन गरेको हो। यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद जारी गरेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हकप्रद निष्काशनका लागि बैंकले पुस २९ गते शेयर दाखिला खारेजी ९बुकक्लोज० गरेको थियो। यसअनुसार पुस २८ गते मंगलबारसम्म कायम बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिने सक्नेछन्।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय