सोमबार , फागुण १७, २०७७

महिला हिंसाविरुद्ध गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

महिला हिंसाविरुद्ध गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

३ फागुन, दाङ । दाङमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिएको छ । महिलाको जीवन सुरक्षाको न्यूनतम वातावरणसमेत बनाउन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग्दै दाङका नागरिक समाज, मानव अधिकारकर्मी र अन्तरपार्टी महिला सन्जालले सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।

बालिका र महिलामाथि भैरहेका जघन्य अपराध, असुरक्षा र निरन्तर हिंसा सहेर बाँच्नु पर्ने वातावरण बदल्न नसक्ने गृहमन्त्रीलाई पदमा बसिरहने नैतिक अधिकार नभएको उल्लेख गर्दै उनीहरुले आइतबार दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ज्ञापनपत्रमा बलात्कारजस्ता जघन्य अपराध गर्नेलाई जोगाउने सबैलाई समेत दण्डित गर्ने गरी ल्याइएको अध्यादेश तत्काल कार्यान्वयन गर्न, शून्य सहनशीलताको नीतिलाई नागरिकले अनुभूति गर्नेगरी व्यवहारतः लागू गर्न, बलात्कारको कसूर गर्नेलाई सर्वस्वसहित जन्मकैदको कानुनी व्यवस्था गर्न, बलात्कारका अपराधमा देखिएको फितलो अनुसन्धान, असंवेदनशील कार्यशैली, घटनालाई हलुका रुपमा लिने प्रवृत्तिको तत्काल अन्त्य गर्न माग गरिएको छ ।

बलात्कार पीडितको न्यायका लागि ज्ञापनपत्र बुझाउन जानुअघि घोराहीको तुलसीपुर चोकबाट र्‍याली निकालिएको थियो । र्‍यालीमा सहभागीहरुले सरकारको विरोधस्वरुप कालो कपडा लगाएका थिए । उनीहरुले ‘महिला हिंसा बन्द गर’, ‘महिला हिंसाविरुद्ध एक होऔं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ओलीको भविश्य कांग्रेसको हातमा ओलीको भविश्य कांग्रेसको हातमा ९ घण्टा पहिले
व्यङ्ग्यचित्र पत्रकारिताबाट राजनीतिलाई खबरदारी गर्नुपर्छ व्यङ्ग्यचित्र पत्रकारिताबाट राजनीतिलाई खबरदारी गर्नुपर्छ ११ घण्टा पहिले
प्रहरी कर्मचारीले सदैव आफ्नो कामलाई प्राथमिकतामा राख्नुपर्छ : आईजीपी थापा क्षेत्री प्रहरी कर्मचारीले सदैव आफ्नो कामलाई प्राथमिकतामा राख्नुपर्छ : आईजीपी थापा क्षेत्री २ घण्टा पहिले
कांग्रेस सरकारमा जाने भन्ने बेमौसमी कुरा मात्र हुन : डा.कोइराला कांग्रेस सरकारमा जाने भन्ने बेमौसमी कुरा मात्र हुन : डा.कोइराला १४ घण्टा पहिले
शुरु भयो सेतो मच्छिन्द्रनाथको पुनर्निर्माण शुरु भयो सेतो मच्छिन्द्रनाथको पुनर्निर्माण ९ घण्टा पहिले
शरीर बन्धक बनाइ १० लाख फिरौती माग्ने तीन जना पक्राउ शरीर बन्धक बनाइ १० लाख फिरौती माग्ने तीन जना पक्राउ ५ घण्टा पहिले
सभापति देउवाद्वारा डा. उप्रेतीको निधनप्रति दुःख व्यक्त सभापति देउवाद्वारा डा. उप्रेतीको निधनप्रति दुःख व्यक्त १२ घण्टा पहिले
नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी विश्वकप लिग-२ का बाँकी खेल प्रत्यक्ष प्रसारण हुने नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी विश्वकप लिग-२ का बाँकी खेल प्रत्यक्ष प्रसारण हुने ११ घण्टा पहिले