मंगलबार , फागुण १८, २०७७

पिताको स्मृतिमा वडा कार्यालयलाई जग्गादान

पिताको स्मृतिमा वडा कार्यालयलाई जग्गादान

३ फागुन,महोत्तरी । बर्दिबास नगरपालिका–१३ का सुवर्ण पौडेलले आफ्ना दिवङ्गत पिताको स्मृतिमा वडा कार्यालय भवन निर्माणका लागि करिब एक करोड मूल्यको जग्गा दान गरेका छन् । समाजसेवामा जग्गा दान र श्रम गर्नबाट कहिल्यै नथाक्ने स्व पिता कृष्णप्रसाद पौडेलको स्मृतिमा सुवर्णले एक करोड मूल्यको चार कठ्ठा नौ धुर जग्गा वडा कार्यालय भवन निर्माण प्रयोजनका लागि दान गरेका हुन् ।

बर्दिबास–१३ बिजलपुरा डाँडाटोलचोक नजिकै प्राप्त भएको जग्गामा अब वडा कार्यालय भवन बनाइने वडाध्यक्ष श्यामप्रसाद राउतको भनाइ छ । “वडा कार्यालयका लागि फराकिलो भवन र भवनका लागि जग्गा आवश्यक थियो”, वडाध्यक्ष राउतले भने, “सुवर्णले आफ्ना दानवीर पिताको स्मृतिमा जग्गा दिएर हामीलाई भवन निर्माणमा हौस्याएका छन् ।” बर्दिबास–१३ वडा समितिका नाउँमा हालै दानपत्रबाट प्राप्त जग्गामा अब चाँडै भवन निर्माणको काम थालिने उनले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सुवर्णले पिताको स्मृतिमा जग्गा दिएपछि उनकै सहोदर काकाका छोरा सत्य र विमल पौडेलबाट पनि वडा समितिलाई थप एक कठ्ठा जग्गा सोही कित्तामा जोडिएर निःशुल्क प्राप्त भएको वडा कार्यालयले जनाएको छ । “सुवर्णका पिताजी स्व कृष्णप्रसाद आफैँ दानवीर थिए”, वडाध्यक्ष राउतले भने, “सुवर्णले दानवीर पिताको सिको गर्दै सामाजिक क्षेत्रका काममा चासो बढाएका छन्, सुवर्णसँगै उनकै परिवारभित्रबाट थप जग्गा प्राप्त भएको छ ।”

स्व कृष्णप्रसादले यसअघि नेपाल रेडक्रस सोसाइटी बिजलपुरा उपशाखाको भवन निर्माणका लागि पाँच कठ्ठा, बिजलपुरा स्वास्थ्यचौकी भवन निर्माणका लागि पाँच कठ्ठा र डाँडाटोलस्थित जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि चार कठ्ठा जग्गा दान गरेको राउतले स्मरण गरेका छन् । यसबाहेक साविक बिजलपुरा गाविस भवन निर्माणका लागि पनि स्व पौडेलबाट निःशुल्क जग्गा प्राप्त भएको राउतले उल्लेख गरेका छन् ।

“उनी ९स्व कृष्णप्रसाद० जग्गादान गरेरमात्र हैन, हरेक सामाजिक काममा अग्रसर भएर सबैलाई हौस्याउने गर्थे”, स्व पौडेलको सामाजिक कार्यमा अग्रसर भएर लाग्ने सेवाभाव सम्झँदै राउतले भने, “उनका काम सम्झेर हामीलाई सामाजिक काममा लाग्न प्रेरणा मिल्दछ ।” यसैबीच सुवर्णले जनता मावि डाँडाटोल बिजलपुराको स्वामित्व रहने गरी कृषिउपज बेचविखन ९तरकारी फसल बेच्ने ठाउँ, तरकारी बजार० का लागि एक कठ्ठा १० धुर जग्गा दान गरेका छन् ।

बिजलपुरा डाँडाटोलका पौडेल परिवार भन्नासाथ बर्दिबास नगर क्षेत्रभित्र सम्मानभाव व्यक्त हुने गरेको बर्दिबास नगरप्रमुख विदुरकुमार कार्की बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय