बुधबार , फागुण १९, २०७७

काठको सहजता संगै ऐतिहासिक सम्पदाको पुननिर्माण शुरु

काठको सहजता संगै ऐतिहासिक सम्पदाको पुननिर्माण शुरु

३ फागुन,काठमाडौं । सहजरूपमा काठ आउन थालेपछि विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्र (हनुमानढोका क्षेत्र) का ऐतिहासिक सम्पदा पुनःनिर्माणले गति लिएको छ । दुई महिनाअघि लामो काठको अभावमा निर्माण भइरहेका एतिहासिक सम्पदाको काम अघि बढ्न सकेको थिएन ।

विगत दुई हप्ताअघिदेखि काठ आयातमा सहज भएपछि निर्माणको कामले पुनः गति लिएको हो । ठूला र लामो काठको अभावमा यस क्षेत्रको नौतले दरबार र दश अवतार मन्दिरको काम अवरुद्ध भएको थियो । अहिले ती दुवै सम्पदाको निर्माणको काम तीव्ररुपमा भइरहेको छ । यी दुवै सम्पदा निर्माणका लागि १० फिटभन्दा लामा काठ आवश्यक परेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

निर्माणको चरणमा रहेको ऐतिहासिक नौतले दरबारको निर्माणको काम ८० प्रतिशत र दश अवतार मन्दिरको ७० प्रतिशत काम सम्पन्न भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताएका छन् । यस क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ वटामा भूकम्पले क्षति गरेको थिएन । भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनःनिर्माण भइरहेको अड्डाले जनाएको छ ।

प्रमुख खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम नसकी काम शुरु गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै हुन सकेको छैन । हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनःनिर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ ।

यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनःनिर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनःनिर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनःनिर्माण भइरहेको छ । आगम्छे घर र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको बताइएको छ । मोनकाली चोक, मूलचोक, नासल चोकलगायतको चोक यहाँका अन्य महत्वपूर्ण सम्पदा हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नागरिक लगानी कोषको साढे ३ लाख कित्ता शेयरमा बुधवारदेखि आवेदन दिन सकिने नागरिक लगानी कोषको साढे ३ लाख कित्ता शेयरमा बुधवारदेखि आवेदन दिन सकिने २१ घण्टा पहिले
सेवा प्रदानमा सहजता ल्याउन स्वयंमसेविकालाई साइकल वितरण सेवा प्रदानमा सहजता ल्याउन स्वयंमसेविकालाई साइकल वितरण २२ घण्टा पहिले
सरकारले थाल्याे थप ५० लाख डोज खोप खरिदको प्रक्रिया सरकारले थाल्याे थप ५० लाख डोज खोप खरिदको प्रक्रिया १६ घण्टा पहिले
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा फागुन २८ गतेदेखि आवेदन दिन सकिने प्राइम कमर्सियल बैंकको ऋणपत्रमा फागुन २८ गतेदेखि आवेदन दिन सकिने २३ घण्टा पहिले
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु २४ घण्टा पहिले
आज सुन तोलामा १७ सयले घट्याे आज सुन तोलामा १७ सयले घट्याे २३ घण्टा पहिले
विराट इन्स्टाग्राममा धेरै फलो गरिने खेलाडीको चौथो स्थानमा विराट इन्स्टाग्राममा धेरै फलो गरिने खेलाडीको चौथो स्थानमा २१ घण्टा पहिले
बिएण्डसी कलेज सम्बन्धनमा सरकारको हस्तक्षेपप्रति आपत्ति बिएण्डसी कलेज सम्बन्धनमा सरकारको हस्तक्षेपप्रति आपत्ति १९ घण्टा पहिले